गीता चौधरी
कञ्चनपुर, फागुन २६ गते । नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखामा तीनजना थारु प्रतिनिधि निर्वाचित भएका छन् । भर्खरै सम्पन्न शाखाको अधिवेशनमा दुई पुरुष र एक महिला निर्वाचित भए ।
शाखाको जिल्ला सदस्यमा पहिलाद रानाथारु (आदिबासी जनजाति), रामदास रानाथारु (मधेसी) कोटाबाट सर्बसम्मत निर्वाचित भएका थिए । त्यस्तै, केन्द्रीय पार्सदमा लक्ष्मी चौधरी निर्वाचित भएकी छिन् ।
शाखाको जिल्ला सदस्यमा पहिलाद रानाथारु (आदिबासी जनजाति), रामदास रानाथारु (मधेसी) कोटाबाट सर्बसम्मत निर्वाचित भएका थिए । त्यस्तै, केन्द्रीय पार्सदमा लक्ष्मी चौधरी निर्वाचित भएकी छिन् ।
दुईवटा प्यानलबाट प्रतिस्पर्धामा रहेका अन्य थारुहरुमा हेमन्ती चौधरी (महिला उपाध्यक्ष), रामचन्द्र कुश्मी (केन्द्रीय पार्सद), धनबहादुर चौधरी (सहसचिव), दीपा चौधरी र सुमन चौधरी (खुला सदस्य), सृजना चौधरी (महिला सदस्य) मा उम्मेदवारी दएको भएपनि प्यानलको हारले सबैले पराजित हुनुप¥यो ।
कुल २६० मतदाता रहेको कञ्चनपुरमा २३६ मत खसेको थियो । दुई प्यानलमा प्रेस युनियन र प्रेस सेन्टरको प्यानल विजयी भएको छ भने प्रेस चौतारी नेपाल र आदिबासी जनजातिको प्यानल पराजित भएको छ । प्रेस सेन्टरका विष्णु अवस्थी अध्यक्षमा निर्वाचित भएका छन् । उनको प्रतिस्पर्धी प्रेस चौतारीका सुरेश धामी २२ मत अन्तरले पराजित भए ।