ट्रेड युनियन बाराका उपाध्यक्ष अमरदेव यादवलाई फिर्ता बोलाइयो


दुष्यन्त चौधरी
कलैया, फागुन २९ गते । निजामती कर्मचारी आधिकारीक ट्रेड युनियन बाराका जिल्ला उपाध्यक्ष अमरदेव यादवलाई फिर्ता बोलाइएको छ । नेपाल मधेसी निजामती मञ्च बाराले आधिकारीक ट्रेड युनियनका उपाध्यक्ष यादवलाई फिर्ता बोलाएको हो ।

ट्रेड युनियनका जिल्ला अध्यक्ष राजेन्द्रकुमार कार्कीसँग जानकारी लिदा निजामती ऐन, नियमावलीमा फिर्ता बोलाउन पाउने संगठनकोे अधिकार रहेकाले आफूले सोहिअनुसार निर्णय गरेको जानकारी दिनुभयो ।

सो पदमा नेपाल मधेसी निजामती मञ्चले जिल्ला अध्यक्ष हिरालाल जैसवाललाई पठाएको छ । उपाध्यक्ष यादवले मधेसी कर्मचारीको विधिविधान तथा आचरण पालना गर्न नसकेकाले फिर्ता बोलाईएका श्रोतले बताएको छ ।

सो बारेमा आधिकारीक ट्रेड युनियनका जिल्ला अध्यक्ष राजेन्द्रकुमार कार्कीसँग जानकारी लिदा निजामती ऐन, नियमावलीमा फिर्ता बोलाउन पाउने संगठनकोे अधिकार रहेकाले आफूले सोहिअनुसार निर्णय गरेको जानकारी दिनुभयो ।

साथै आफूले नयाँ आउन लागेका उपाध्यक्ष जैसवाललाई स्वागत तथा पूर्व उपाध्यक्ष यादवलाई सधन्यवादका साथ गत २६ गते निर्णय गरिएका आधिकारीक ट्रेड युनियनका जिल्ला अध्यक्ष कार्कीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया