चित्तवनमा थारु फगुवा महोत्सव सम्पन्न, घाइतेलाई आर्थिक सहयोग


कारी महतो
चितवन, फागुन २९ गते । चितवनको सौराहामा थारु साँस्कृतिक संग्रहालय बछौली र प्याराडाइज युवा क्लबको संयुक्त आयोजनामा भएको पहिलो फगुवा साँस्कृतिक महोत्सव मनाइएको छ ।

महोत्सवबाट उठेको रकमले थरुहट आन्दोलनका घाइतेलाई सहयोग गरिएको छ । २०६५ सालमा थारुलाई मधेशीमा सुचिकृत गरिएको विरोधमा भएको आन्दोलनमा सुरक्षाकर्मीको गोली लागी घाइते हुँदा सन्जित चौधरी हालसम्म अपाङ्गकै अवस्थामा रहेकाले उनलाई नगद १२ हजार रुपियाँ सहयोग गरिएको छ ।

घाइते चौधरीको पाँच धुर घडेरीमा एउटा सानो झुप्रो रहेको र बस्ने खाने समेत समस्या भएकोले इच्छुक व्यक्ति तथा संघ संस्थाहरुलाई समेत सहयोग गरिदिन स्थानीयले आह्वान गरेका छन् ।

फागुन २७ गते शुक्रबारदेखि सुरुभएको महोत्सवको थारु कल्याणकारिणी सभा चितवनका सभापति विश्राम महतोले थारु समुदायले फगुवा पर्वमा जलाउने समत (चीर) प्रज्वलन गरी समुदघाटन गरेका थिए ।

महोत्सवको दुवै दिन थारु साँस्कृतिक नाचगीतका साथै आधुनिक गायक कलाकारहरुको समेत प्रस्तुति रहेको थियो । गायक संजय चौधरी, मनोज महतो, अमितसिंह चौधरी र केशवराज महतो लगायतका गायकहरुको साँतीतिक प्रस्तुति रहेका थिए ।

महोत्सव अवलोकनका लागि निःशुल्क प्रवेशका साथै थारुखाना बिक्री वितरण गर्नेहरुलाई पनि निःशुल्क स्थान दिइएको आयोजकले जानकारी गराएको छ । थारु सँस्कृति जगेर्ना गर्नुका साथै युवापुस्तामा हस्तान्त्रण गर्ने मुल उद्देश्यले आयोजना गरिएको महोत्सवमा विदेशी पर्यटकहरुले पनि मनोरञ्जन लिएका थिए ।

थारु सँस्कृति जगेर्ना गर्नुका साथै युवापुस्तामा हस्तान्त्रण गर्ने मुल उद्देश्यले आयोजना गरिएको महोत्सवमा विदेशी पर्यटकहरुले पनि मनोरञ्जन लिएका थिए ।

महोत्सव उदघाटन समारोहमा थारुअगुवा बासु चौधरी, क्षेत्रीय होटल संघ नेपाल चितवनका अध्यक्ष सुमन घिमिरे, रेष्टुरेण्ट बार एशोसियशन सौराहाका अध्यक्ष राजन भट्ट, नारी चेतना बचन तथा ऋण सहकारी सँस्थाकी अध्यक्ष बबिता चौधरीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको  थियो ।

महोत्सव समापनका दिन युनेस्कोका कन्ट्री डाइरेक्टर किस्टिन मन्हटले मन्तव्य व्यक्तगर्दै थारुहरुका नयाँ पिढीले गौरव र मनोरञ्जनकोरुपमा पुरानो पुस्ताबाट आफ्ना थरुहट कल्चर ग्रहण गरी जोगाउनु पर्ने बताएका थिए ।

तपाईको प्रतिक्रिया