थारूभाषा संरक्षण र संम्बर्दनका लागि हाजीरी जवाफ प्रतियोगिता


मानबहादुर चौधरी
गुलरिया (वर्दिया) फागुन २९ गते । गुलरिया नपा ६ सुहेलुवा गाउँमा आइतबार थारूभाषा संरक्षण र संम्बद्धन लागि हाजीरी जवाफ प्रतियोगिता (जुज्झा) सम्पन्न भएको छ ।

सुहेलुवा यूवा केन्द्रको आयोजना तथा कर्मशील नेपाल, थारु पत्रकार संघको सहकार्यमा भएको कार्यक्रममा पाँच समुहमा २० जना थारू युवाहरुको सहभागिता रहेको थियो ।

थारू समुदायका युवाहरुको समयसापेक्ष बौद्धिक बिकास र थारू भाषाको संरक्षण तथा संर्बद्धन गर्ने उद्देश्यले कार्यक्रम गरिएको केन्द्रका अध्यक्ष कृष्ण चौधरीले बताए ।

सो अवसरमा नेपालको संविधान २०७२, थारू समुदायगत र समग्र बिषयमा हाजीरी जुज्झा गरिएको    हो । थारू समुदायका युवाहरुको समयसापेक्ष बौद्धिक बिकास र थारू भाषाको संरक्षण तथा संर्बद्धन गर्ने उद्देश्यले कार्यक्रम गरिएको केन्द्रका अध्यक्ष कृष्ण चौधरीले बताए ।

साथै कार्यक्रमलाई आगामी दिनमा अझ ब्यवस्थित गरी लैजाने पनि केन्द्रका अध्यक्ष चौधरीले बताए । कार्यक्रममा बोल्दै थारु पत्रकार संघ बर्दियाका शरम चौधरीले सो कार्यक्रमले पुरानो पुस्ता र नयाँ पुस्ताबीचको सम्बन्ध जोडि सुधान गर्न र ज्ञान सीप हस्तान्तरण गर्न सहयोगी भमिका खेल्ने बिश्वास ब्यक्त गरे ।

तपाईको प्रतिक्रिया