काठमाडौं, चैत १ गते । प्रमुख प्रतिपक्षीदल नेकपा (एमाले) को मेची–महाकाली राष्ट्रिय अभियान बुधबार कैलालीको टीकापुर, लम्की पुग्ने भएको छ । अभियान कैलाली पुग्ने भएपछि थरुहट तराई पार्टी नेपालले चैत २ गते कैलाली जिल्ला बन्दको आव्हान गरेको छ ।
एमाले पार्टीलाई पहिचान विरोधी पार्टीको संज्ञा दिंदै भानुराम थारु नेतृत्वको सो पार्टीले एमालेको अभियान विथोल्ने नियतले बन्दको आव्हान गरेको देखिन्छ । तर सो बन्द आव्हानले एमालेको अभिायन नरुक्ने एमालेका नेताहरुको भनाई छ । मंगलबार पनि मधेसवादी दलले नेपालगञ्ज बन्दको आव्हान गरेपनि एमालेले आफ्नो कार्यक्रम रोकेको थिएन ।
थरुहट पार्टीका जिल्ला उपाध्यक्ष परदेशी चौधरीको नामबाट प्रेसित विज्ञप्तीमा एमालेको अभियानलाई सामाजिक सद्भाव खल्बल्याउने अभियानको आरोप लगाइएको छ । सो दलले एमालेको अभियानमा सहभागी नहुन आव्हानसमेत गरेको छ ।
हेर्नुहोस् विज्ञप्तीको पूर्णपाठ