काठमाडौं, चैत २ गते । संघीय समाजवादी फोरम नेपालले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन बुधबारबाट फिर्ता लिएको छ । सो दलले बुधबार सभामुख ओनसरी घर्तीलाई जानकारी पत्र दिएको छ ।
संयुक्त मधेसी मोर्चाको प्रमुख घटक दल फोरम नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएपनि सरकारको बहुमतमा भने कुनै समस्या पर्ने देखिदैन ।
यसअघि सो दलले २०७३ साउन १८ गतेको संसदीयदलको बैठकको निर्णयानुसार सरकारलाई समर्थन गर्ने निर्णय गरेको भएपनि बुधबार बसेको बैठकले समर्थन फिर्ता लिएको सो दलको संसदीयदलका नेता अशोक कुमार राईले गरेको जारीपत्रमा जनाइएको छ ।
संयुक्त मधेसी मोर्चाको प्रमुख घटक दल फोरम नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएपनि सरकारको बहुमतमा भने कुनै समस्या पर्ने देखिदैन । यसअघि मोर्चा सम्बद्ध सबै दलले समर्थन फिर्ता लिने बताए पनि फोरम नेपालले एक्लै समर्थन फिर्ता लिएको पत्र सभामुख घर्तीलाई बुझाएको छ ।
मधेसी मोर्चा आवद्ध दलले यसअघि सात दिनको अल्टिमेटमसहितको पत्र प्रधानमन्त्री प्रचण्डलाई बुझाएका थिए । तर सरकारले मोर्चाको मागअनुसार संविधान संशोधन नगरेको बताउँदै मोर्चा सम्बद्ध दलका नेताले समर्थन फिर्ता लिने बताउँदै आएका थिए ।