काठमाडौं, चैत ३ गते । संघीय गठबन्धनले चैत महिना भरी आन्दोलनको कार्यक्रम गर्नेगरी विरोधसभाको कार्यतालिका सार्वजनिक गरेको छ । विहिबार बसेको गठबन्धनको बैठकले सो निर्णय गरेको हो ।
गठबन्धनका प्रवक्ता डा. ओमगुरुङले दिनुभएको जानकारीअनुसार चैत ४ गते जनअवज्ञा तथा असहयोग आन्दोलन गर्ने निर्णय गरेको छ । त्यस्तै, चैत १२ गते प्रादेशिक क्षेत्राधिकारभित्र सार्वजनिक सुनुवाई, चैत १३ गते जिल्ला सदरमुकाममा श्रद्धाञ्जलिसभा गर्ने र चैत १४ गते स्थानीयतहको प्रतिवेदन जलाउने निर्णय गठबन्धनले गरेको छ ।
त्यस्तै, गठबन्धनले देशभर विरोधसभा कार्यक्रम पनि गर्ने निर्णय गरेको छ । घोषित कार्यक्रममा चैत १५ गते कैलालीको धनगढीमा, १६ गते अत्तरियामा, १७ गते पोखरा, १८ गते उदयपुर, १९ गते झापाको दमक, २० गते हटौडा र २१ गते काठमाडौंमा विरोधसभा गर्ने निर्णय भएको प्रवक्ता गुरुङले बताउनुभयो ।