भगतराम चौधरी
नेपालगञ्ज, फागुन ५ गते । थारु पत्रकार संघ नेपाल बाँकेले आज नेपाल पत्रकार महासंघ बाँकेका नवविनर्वाचित कार्यसमितिका पदाधिकारीहरुलाई सम्मान गरेको छ ।
थारु पत्रकार संघ बाँकेका अध्यक्ष विमला चौधरीको अध्यक्षता भएको सम्मान कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँकेका नवनिर्वाचित पदाधिकारीहरुलाई सम्मान गरेको हो ।
सम्मान कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँके शाखाका नवनिर्वाचित अध्यक्ष ठाकुरसिंह थारुको नेतृत्वमा रहेका उपाध्यक्षद्वय प्रदिप वाग्ले, रुपा गहतराज, सचिव तिलक गाउँले, सहसचिवद्वय शकिल अहमद कादरी, काशी शर्मा, कोषाध्यक्ष केशव रानालाई सम्मान र स्वागत गरेको हो ।
त्यस्तै, कार्य समितिका सदस्यहरुमा भगतराम थारु, आलम खान, दिनेश ठाकुर, आकाश देवकोटा, कृष्ण ओली, संगिन शर्मा, देवेन्द्र पौडेल, प्रज्वल श्रेष्ठ लगायतलाई टिका तथा दोसल्लाह ओढाएर सम्मान गरिएको थारु पत्रकार संघ नेपालका सचिव भगतराम थारुले बताउनुभयो ।
सम्मान कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष थारुले थारु पत्रकारहरुको हकहितका लागि थारु पत्रकार संघले ठ्रूलो भुमिका खेल्नुपर्ने उल्लेख गर्नुभयो । थारु पत्रकारले आफ्नो परम्परा संस्कृतिका विषयमा कलम चलाएर परम्परा जोगाउन अध्यक्ष थारुले आग्रह गर्नुभयो ।
थारु पत्रकारले बाँकेमा विगत केही बर्षदेखि उदाहरणिय काम गर्दै आएको समेत उहाँले बताउनुभयो । सम्मान कार्यक्रमको स्वागत मन्तव्य संघका उपाध्यक्ष योगेश चौधरीले गर्नुभएको कार्यक्रमको संचालन कोषाध्यक्ष सुमित्रा चौधरीले गर्नुभएको थियो ।