मोर्चाका कार्यकर्ताले गरे गाउँपालिकाको कार्यालयमा आगजनी


दुष्यन्त चौधरी
बारा, चैत ६ गते । देवताल गाँउपालिकाको कार्यालय, पिप्राढीमा संयुक्त लोकतान्त्रि मधेशी मोर्चाका कार्यकर्ताले आइतबार साँझ आगजनी गरेका छन ।

तराई मधेशको भावना विपरीत निर्वाचनको मिति तोकेर मधेशी जनताको अधिकारलाई कुन्ठित गर्न खोजेको आरोप लागाउदै तराई मधेशको जिल्लाहरुमा कुनैपनि हालतमा निर्वाचन स्वीकार्य नहुने भन्दै आगजनी गरिएको मोर्चाका अरुणकुमार सिंहले जानकारी दिनुभयो ।

कार्यकारी अधिकृति भावना पुडासैनी लगायतका कर्मचारीहरुलाई कार्यालयबाट बाहिर निकालि कार्यालय भित्र रहेका फर्निचरहरुमा आगजनी गरेको मोर्चाले जनाएको छ । मोर्चाका स्थानीय नेताहरु मिश्रीलाल सहनी, चन्देश्वर यादव, सुर्दशन पंडित लगायतको सहभागिता रहेको स्थानीयले बताएका छन् ।

तपाईको प्रतिक्रिया