काठमाडौं, चैत ७ गते । उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधीले मन्त्रिपरिषदको वरियताक्रम नमिलाए सरकार छाड्ने चेतावनी दिनुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासमक्ष निधीले त्यस्तो चेतावनी दिनुभएको हो ।
प्रधानमन्त्री दाहालले मन्त्रिपरिषदको वरियतामा अर्का उपप्रधानमन्त्री कमल थापालाई पहिलो नम्बरमा राखेपछि निधि असन्तुष्ट हुनुभएको हो।
प्रधानमन्त्रीले यस विषयमा नेता थापासँग छलफल गरेर टुङ्गो लगाउने आश्वासन दिनुभएको स्रोतले बताएको छ । प्रधानमन्त्रीले थापा धेरै पटक उपप्रधानमन्त्री भैसकेको भन्दै पहिलो वरियतामा उहाँलाई राखेको प्रष्ट पार्नुभएको छ। भेटमा निधिले भने आफूले यसअघि कार्यवाहाक प्रधानमन्त्री चलाइसकेको प्रधानमन्त्री दाहाललाई स्मरण गराउनुभएको थियो ।
प्रधानमन्त्रीले यस विषयमा नेता थापासँग छलफल गरेर टुङ्गो लगाउने आश्वासन दिनुभएको स्रोतले बताएको छ । प्रधानमन्त्रीले थापा धेरै पटक उपप्रधानमन्त्री भैसकेको भन्दै पहिलो वरियतामा उहाँलाई राखेको प्रष्ट पार्नुभएको छ।
थापा सरकारमा आएपछिको पहिलो बैठकमा समेत प्रधानमन्त्रीपछि निधिको वरियताक्रममा थियो। तर, निधि दिल्ली भ्रमणमा रहेका वेला प्रधानमन्त्री दाहालले थापालाई निधिभन्दा अघिल्लो क्रममा राख्नुभयो । निधिले सरकारको सबैभन्दा ठूलो पार्टीको रुपमा रहेको नेपाली काँग्रेसबाट प्रतिनिधित्व गर्दै सरकारमा सहभागी भएकाले पनि प्रधानमन्त्रीपछि आफनो मर्यादाक्रम हुनुपर्ने जिकीर गर्नुभएको छ ।
निधिका प्रेस सल्लाहकार रामजी दाहालले वरियताक्रमको विषयमा प्रधानमन्त्री दाहाल र सभापति देउवासँग छलफल भएको पुष्टि गर्नुभयो । दाहालको मन्त्रिपरिषदमा निधि, थापा र कृष्णबहादुर महारासहित तीन उप प्रधानमन्त्री छन्।