कांग्रेसमा फर्किने कपोलकल्पित हल्लामात्र होः अध्यक्ष गच्छदार


इनरुवा, चैत्र ८ गते । फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले आफ्नो पार्टी कांग्रेसमा मिसिने र आफू कांग्रेसमा फर्किने कुरा हल्ला र कपोलकल्पित भएको बताएका छन् । नेपाली कांग्रेसभित्र संकट आउँदा मेरो अभाव खड्कीनु स्वाभाविक भएको उनले बताए ।

इनरुवामा अगुवा पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्दै गच्छदारले भने, ‘लामो समय कांग्रेसभित्र राजनीति गरेकोले पार्टी र मुलुकलाई दुर्घटना हुनबाट बचाउन प्रमुख भूमिका निर्वाह गरेको थिएँ । त्यहीभएर संकटका बेला कांग्रेस नेताहरुले मलाई सम्झनु स्वाभाविक हो ।’

तीन दलले दशकयता सत्ता कब्जा गरेको कारण जनताले देशको परिर्वतन, शासन प्रणाली, हक र अधिकारको प्रत्याभुत गर्न नपाएको उनको भनाई छ ।

गच्छदारले आफ्नो पार्टीले देशव्यापी ख्याति कमाएको र राष्ट्रिय पार्टी भएकाले बदनाम गर्नका लागि कांग्रेसले हल्ला फिजाएको आरोप समेत लगाए । देशको विकासको मुख्यवाधक ठूला तीन दल कांग्रेस, एमाले र माओवादी केन्द्र रहेको आरोप पनि गच्छदारले लगाए ।

तीन दलहरुले नै दशकदेखी सत्ता कब्जा गरेर बसेको र अरुको अस्थित्व स्वीकार नगरेकाले मुलुक दुर्घटनाको सम्मुखमा रहेको उनको आरोप छ । तीन दलले दशकयता सत्ता कब्जा गरेको कारण जनताले देशको परिर्वतन, शासन प्रणाली, हक र अधिकारको प्रत्याभुत गर्न नपाएको उनको भनाई छ ।

‘विगतमा गरिएका ८ बुँदे र १६ बुँदे सहमतिहरुको कार्यन्वयन नगर्दा अहिलेको यो अवस्था सृजना भएकाले बताउँदै अध्यक्ष गच्छदारले फेरी पनि समाधान नगरी अगाडि बढे देश दुर्घटनातिर जाने दावी गर्नुभयो ।

मुलुकमा निर्वाचन आवश्यक भएपनि नीति, पद्धति र प्रकृया नमिलाएको तथा विभिन्न असन्तुष्ट पक्षहरुको माग सम्बोधन नगरेकाले चुनाव हुनेमा आफूलाई ५० प्रतिशत मात्रै विश्वास रहेको बताए । संघियता राज्यलाई ७ बाट ८ प्रदेश बनाउनुपर्ने र क्रमशः संघिय, प्रान्तिय र स्थानीय चुनाब गराए समस्या हल हुने उनले बताए ।

तपाईको प्रतिक्रिया