सिमांकनको विषय थाती राखेर अघि बढ्ने माओवादी केन्द्रको निर्णय


काठमाडौं, चैत ९ गते । सत्तारूढ नेकपा माओवादी केन्द्रले सीमांकनको विवषय हाल थाती राखेर अन्य विषयमा संविधान संशोधन प्रस्ताव अगाडि बढाउने निर्णय गरेको छ ।

समसामयिक राजनीति र प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबारदेखि गर्ने चीन भ्रमणबारे छलफल गर्न बुधबार बसेको केन्द्रीय कार्यालय बैठकले त्यस्तो निर्णय गरेको हो ।

भाषा, नागरिकता, निर्वाचन प्रतिशत एवम् जनसंख्याका आधारमा स्थानीय तह संख्या टुग्याउने गरी संशोधन अघि बढाउने निर्णय भएको भुषालले जानकारी दिनुभयो ।

पार्टी प्रवक्ता पम्फा भुसालकाअनुसार सीमांकनका विषयमा अहिले संसदमा दुई तिहाइ पुग्न नसक्ने भएकाले तत्काललाई थाती राखी अघि बढ्ने निर्णय भएको बताउनुभयो । भाषा, नागरिकता, निर्वाचन प्रतिशत एवम् जनसंख्याका आधारमा स्थानीय तह संख्या टुग्याउने गरी संशोधन अघि बढाउने निर्णय भएको भुषालले जानकारी दिनुभयो ।

‘अरू विषय अघि बढाउँदै गर्ने, प्रदेशसभा चुनावभन्दा अगाडि सीमांकन टुंगो लागाउने गरी बीचको बाटो खोज्ने निर्णय गरियो,’ उहाँले बताउनुभयो । बैठकले पार्टी पंक्तिलाई स्थानीय तह निर्वाचनमा परिचालन गर्ने निर्णय पनि गरेको छ । सरकारले आगामी वैशाख ३१ गते स्थानीय तह निर्वाचन गर्ने निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया