डिजिटल प्रविधिबाट साहित्यिक स्वाद लिनसक्ने प्रविधिको विकास हुँदै


वर्दिया, चैत १० गते । जंग्रार साहित्यिक बखेरी वर्दियाले हालैमात्र दुईवटा साहित्यिक अभियानमुलक कार्यक्रम सम्पन्न गरेको छ । थारु साहित्यको विकासका लागि सो कार्यक्रम गरिएको संस्थाले बताएको छ ।

कार्यक्रम बर्दिया तारातालको मुक्तकमैया बस्ति र सुर्खेतको बिरेन्द्रनगर १०, नयाँगाऊँमा गरिएको थियो । चैत ५ गते तारातालमा गरिएको कार्यक्रममा बखेरीले २०७४ सालभित्र डिजिटल प्रबिधिबाट थारु साहित्यको स्वाद सजिलै दिन सक्नेगरी तयारी गरेको छ ।

आगामी बर्षदेखि बिश्वभरी रहेका मोबाइल प्रयोगकर्ताका लागि थारु साहित्य नामयाप्स र वेबसाइट लन्चगर्ने बखेरीका केन्द्रिय अध्यक्ष सोम डेमनडौराले जानकारी दिनुभयो । मोबाइल् प्रयोगकर्ताहरुले अबयाप्स डाउनलोड गरेर सहजै थारु साहित्यिक गतिबिधि, रचना तथा कृतिहरुको बारेमा नयाँ खबर घरमै बसेर लिन सक्नेछन् ।

बखेरिले, चैत १९ र २० गते कैलालीमा हुन गइरहेको राष्ट्रिय थारु साहित्यिक मेला भाग दुईमा जंग्रार साहित्यिक बखेरी, भारत शाखाद्वारा प्रकाशन गर्न लागिएको हल्कोरा मुक्तक संग्रह र ठाकुर अकेलाको बौनी गजल संग्रह समेत बिमोचन गर्ने तयारी गरेको छ ।

यसैगरि बखेरिले, चैत १९ र २० गते कैलालीमा हुन गइरहेको राष्ट्रिय थारु साहित्यिक मेला भाग दुईमा जंग्रार साहित्यिक बखेरी, भारत शाखाद्वारा प्रकाशन गर्न लागिएको हल्कोरा मुक्तक संग्रह र ठाकुर अकेलाको बौनी गजल संग्रह समेत बिमोचन गर्ने तयारी गरेको छ ।

त्यस्तै, बखेरीले दाङमा बिष्णु कुसुम, बर्दिया गुलरियामा लब अबिरल, बर्दिया राजापुरमा ठाकुर अकेला, टिकापुरमा गायक रमेश मिशन, धनगढीमा सेभेन्द्र कुसुम्या, बिनोद चौधरी र सुर्खेतमा जेबी डेमनडौरालाई सम्पर्क व्यक्ति (फोकल पर्सन) को जिम्मेबारी दिएको छ ।

युवा गजलकार जेबी डेमनडौराको संयोजकत्वमा भएको कार्यक्रममा सुर्खेतमा रहेका थारु समुदायले आफ्नो संस्कृति तथा बदलिंदो सामाजिक, साँस्कृतिक र राजनीतिकरण सँगै आफुलाई पनि बदल्नु पर्ने कुरामा जोड दिइएको थियो ।

त्यसका लागि भाषिक, साहित्यिक, साँस्कृतिक अभियानले सचेतनाको भूमिका खेल्ने भन्दै यी कार्यक्रम गर्न आग्रह गरेको छ ।
कार्यक्रममा थारुभाषि लेखकहरु गजल लेखनको कार्य संख्यात्मक बृद्धि भए तापनि गुणात्मक बृद्धि हुननसकेको वक्ताहरुले बताएका थिए ।

तपाईको प्रतिक्रिया