मोर्चाका कार्यकर्ताहरुले कार्यालयमा लेखिएको साइनबोर्ड मेटाए


महोत्तरी, चैत ११ गते । स्थानीय तहको निर्वाचनको विरोधमा रहेको मधेशी मार्चाका कार्यकर्ताहरूले जिल्ला समन्वय समिति महोत्तरी र जलेश्वर नगरपालिकाको कार्यालयको साइनबोर्ड मेटाएका छन् ।

मोर्चा कार्यकर्ताले साइनबोर्ड मेट्नुका साथै कार्यालयमा तालाबन्दी पनि गरेका छन् । सयौंको संख्यामा रहेका मधेसी मोर्चा नेता कार्यकताहरूले जिल्ला समन्वय समिति महोत्तरी उल्लेख गरिएको साइनबोर्ड कालो पेन्टले पोतेर मेटाएका छन् ।

मोर्चाका नेताहरूले जिल्ला समन्वय समितिका स्थानीय विकास अधिकारी बस्ने कोठा, लेखा र प्रशासनिक कामकाज सञ्चालन गर्ने कोठाहरूमा तालाबन्दी गरेका छन् ।

अवरोधको कारण महोत्तरीको १२ गाउँपालिका र ३ नगरपालिकामा मध्ये १० वटा गाउँपालिका र दुई वटा नगरपालिकाको कामकाज अवरुद्ध हुन पुग्दा सर्वसाधारण मर्कामा पर्दै आएका छन् ।

यसैगरी मोर्चाका नेताहरूले जलेश्वर नगरपालिकामा समेत पुगेर त्यहाँको साइनबोर्ड कालोपोतेर मेटाएका छन् । कार्यालय प्रमुख बस्ने कोठा लगायत लेखा र प्रसानिक काम हुने कोठाहरूमा तालाबन्दी गरिएको मोर्चाका घटकदल तराई मधेश लोकतान्त्रिक पार्टी महोत्तरी अध्यक्ष अभिराम शर्माले बताउनुभयो ।

स्थानीय तह पुनःसंरचना भएलगतै जिल्ला समन्वय समिति महोत्तरी र जलेश्वर नगरपालिकामा नयाँ साइनबोर्ड छाप र लेटरप्याड प्रयोग गरेर कामकाज सूचारु गरेका थिए ।

मोर्चाले निर्वाचन अगावै संविधान संशोधन गरे मात्र आफुहरू चुनावमा भाग लिने जनाउँदै निर्वाचनको विरोधमा यसअघि नै महोत्तरीमा तोकिएको १२ गाउँपालिका मध्ये अधिंकाश गाउँपालिकाको कार्यालयहरूमा तालाबन्दी गरेर कामकाज ठप्प पारिसकेका छन् ।

अवरोधको कारण महोत्तरीको १२ गाउँपालिका र ३ नगरपालिकामा मध्ये १० वटा गाउँपालिका र दुई वटा नगरपालिकाको कामकाज अवरुद्ध हुन पुग्दा सर्वसाधारण मर्कामा पर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया