आन्तरिक व्यवस्थापनमै अल्झियो थाकस बैठक, अन्य मुद्दा कमजोर


काठमाडौं, चैत १२ गते । थारु कल्याणकारिणीसभा केन्द्रीय सभाको बैठक शुक्रबारदेखि राजधानीको पुरानो बानेश्वरस्थित एक पार्टी प्यालेसमा जारी छ । सम्भवतः शनिबार साँझसम्म बैठक सक्काउने तयारी गरेपनि आन्तरिक झमेलामा फसेको सभाले अन्य विषयमा पर्याप्त छलफल गर्न सकेको छैन ।

साउन यता नौ महिना पुगिसक्दासमेत संस्था नविकरण गर्न नसक्दा बैठकमा सो विषयले प्रवेश पाएको बैठकमा सहभागी नेताहरुले बताउनुभयो । त्यसभन्दा पनि जवर्जस्तरुपमा उठेको अर्को मुद्दा यसअघिको कार्यसमितिले नयाँ कार्यसमितिलाई बरबुझारथ नगरेको मुद्दा  हो । बैठकमा सहभागी एक सदस्यकाअनुसार करिब तीन लाख रुपियाँसहित पूर्व केन्द्रीय अध्यक्ष चन्द्रकुमार थारुले वर्तमान अध्यक्ष धनीराम थारु नेतृत्वको कार्यसमितिलाई बरबुझारथ गर्न बाँकी छ ।

सो हिसाव कसले बुझाउने ? बैठकको एजेण्डा बनेको सहभागीहरुले बताउनुभयो । पूर्व कोषाध्यक्ष डम्बर थारुले सो विषयमा केही प्रष्ट्याउने प्रयास गर्नु भएपनि सबै दोस पूर्व अध्यक्षतिर तेर्सिएको छ । सो विषयमा कुरा गर्न खोज्दा पूर्व केन्द्रीय अध्यक्ष थारुसँग सम्पर्क हुन सकेन । धनीराम चौधरीले नेतृत्व लिएको करिब डेढ वर्ष भइसक्दा समेत अघिल्लो कार्य समितिबाट बरबुझारथ भएको छैन ।

बैठकमा सहभागीताका लागि थाकसको सबै जिल्ला (२४ जिल्ला) बाट प्रतिनिधित्व हुनुपर्ने हो तर १४ जिल्लाको सहभागिता नभएको बुझिएको छ । बैठक नयाँ एजेण्डा भन्दा पनि पुरानै एजेण्डामै अल्झिएको सहभागीहरुको भनाई छ ।

केन्द्रीय अध्यक्ष धनीराम चौधरी शुक्रबार बैठकमा झुलुक्क झुल्किनुभएको थियो । तर शनिबारको बैठकमा समाचार तयार पार्दासम्म सहभागी हुनु भएको छैन । बैठकमा सहभागीताका लागि थाकसको सबै जिल्ला (२४ जिल्ला) बाट प्रतिनिधित्व हुनुपर्ने हो तर १४ जिल्लाको सहभागिता नभएको बुझिएको छ । बैठक नयाँ एजेण्डा भन्दा पनि पुरानै एजेण्डामै अल्झिएको सहभागीहरुको भनाई छ ।

दुई दिनसम्म चलेको बैठकले काठमाडौं घोषणापत्र जारी गर्ने तयारी गरेको छ । घोषणापत्रमा आगामी निर्वाचनमा थाकसको सहभागिता नरहने विषय सम्भवतः पहिलो नम्बरमा पर्ने बुझिन्छ । त्यसको आलावा टीकापुर घटनाका राजबन्दीको रिहाईको माग, झुठामुद्दा खारेजी र भाद्र ८ गते भएको घटनाको क्षतिपूर्तिसहितको माग पनि घोषणापत्रमा आउने सम्भावना छ ।

बैठकमा सहभागी एक नेताका अनुसार संस्था नविकरण नहुनु भनेको अहिलेका कार्य समितिका पदाधिकारी र सदस्यहरुको निस्क्रियता हो । अघिल्लो कार्य समितिको बरबुझारथलाई जोडेर संस्था नविकरण नभएको तर्क गर्नु गलत हो सो सदस्यले भन्नुभयो । थारु समुदायको अधिकार र उठाउनु पर्ने आगामी मुद्दाका विषयमा बैठकले जमेर छलफल गर्न भ्याएको छैन । सहभागी नेताहरुले पुरानै ढंगले भाषण गरेको बुझिएको छ । बैठक अझै जारी रहेकाले अवेर रातीसम्म सकिने विश्वास सहभागीहरुको छ ।

तपाईको प्रतिक्रिया