थाकसले मलाई छलफलमा निमन्त्रणा समेत गरेनः पूर्व अध्यक्ष थारु


काठमाडौं, चैत १३ गते । थारु कल्याणकारिणीसभा (थाकस) का पूर्व अध्यक्ष चन्द्रकुमार थारुले संस्थाको हिसावमा तलमाथि नगरेको बताउनुभएको छ । नयाँ कार्यसमितिलाई सबै हिसाव बरबुझारथ गरिसकेको उहाँले तर्क गर्नुभयो ।

यसअघि दुई पटक थाकसको केन्द्रबाट चिठी आएपनि सोबेला आफू परिवारिक समस्यामा रहेकोले बैठकमा उपस्थित हुन नसकेको स्वीकार गर्नुभयो । थारुले सोपछि आफूलाई कुनै बैठकमा निमन्त्रणा नआएको दावी गर्नुभयो । “चैत ११ र १२ गते केन्द्रीय सभा बैठक काठमाडौंमा शुरुभएको मैले हमार पहुरा डटकमबाट थाहा पाएँ, मलाई कसैले बोलाएको भए बैठकमा सहभागी हुन्थें” उहाँले भन्नुभयो ।

थाकसको जिम्मेवारी इमान्दारीतापूर्वक वहन गरेको बताउँदै पूर्व अध्यक्ष थारुले अधिवेशनको खर्च बापतको विल, भर्पाइ, भौचर र फाइल रजिष्टर सबै बरबुझारत गरिसकेको दावी गर्नुभयो । थाकस केन्द्रबाट आफूलाई १ लाख ३० हजार रुपियाँको विल फछ्र्यौटको चिठी आएपनि त्यसको हिसाव मिलान पहिले नै भइसकेको उहाँले बताउनुभयो ।

“उल्टै मैले थाकसबाट ७० हजार रुपियाँ लिनुपर्ने छ” पूर्व अध्यक्ष थारुले भन्नुभयो, “मलाई कसले कहिले छलफलको लागि बोलायो ? बोलाएको बेला म जहाँ पनि आउन तयार छुँ ।” सप्तरी र सर्लाहीका सदस्यहरुबाट उठेको ६० हजार रुपियाँ अधिवेशनमा खर्च भएको उहाँले प्रष्ट्याउनुभयो ।

पूर्व अध्यक्ष थारुले हमार पहुरा डट कमसँग भन्नुभयो, “अधिवेशन सम्पन्न भएलगत्तै संस्थाका सबै माइन्यूट, रजिष्टर, विल, भर्पाइ, भौचर संस्थाको कागजात कोषाध्यक्ष मार्फत बुझाई सकिएको छ, मैले बुझाउनु र कोषाध्यक्षले बुझाउने कुरा एउटै त हो ।”

आफ्नो कार्यकालको सबै खर्चको हिसाव तत्कालिन कोषाध्यक्ष डम्मर थारुमार्फत् नयाँ कोषाध्यक्षलाई बुझाई सकिएको बताउँदै पूर्व अध्यक्ष थारुले हमार पहुरा डट कमसँग भन्नुभयो, “अधिवेशन सम्पन्न भएलगत्तै संस्थाका सबै माइन्यूट, रजिष्टर, विल, भर्पाइ, भौचर संस्थाको कागजात कोषाध्यक्ष मार्फत बुझाई सकिएको छ, मैले बुझाउनु र कोषाध्यक्षले बुझाउने कुरा एउटै त हो ।”

पूर्व अध्यक्ष थारुले संस्थाको हकहितका लागि आफू जहिले पनि सक्दो सहयोग गर्न तयार रहेको बताउनुभयो । “पूर्व अध्यक्षको हैसियतले हुनसक्ने सहयोग गर्न तयार छुँ, तर बैठकमा समेत मलाई बोलाइँदैन” उहाँले गुनासो गर्नुभयो ।

नेता राजकुमार लेखीसँग व्यक्तिगत २० हजार रुपियाँ लिएको प्रसंग उल्लेख गर्दै उहाँले अधिवेशन तयारीकै सिलसिलामा सो सापटी लिएको स्वीकार गर्नुभयो । सो रकम संस्थाले मिलान नगरे आफूले दिने उहाँले प्रष्ट पार्नुभयो । सो रकम व्यक्तिगत खर्चमा नभई अधिवेशनमै खर्च भएको उहाँले तर्क गर्नुभयो ।

शुक्रबारदेखि काठमाडौंमा जारी केन्द्रीय सभा बैठकमा पूर्व अध्यक्ष थारुले बरबुझारथ नगरेको र पैसाको हिसाव समेत मिलान नगरेको विषय प्रमुखताकासाथ उठेपछि हमार पहुरा डट कमले सो बारे पूर्व अध्यक्ष थारुलाई जिज्ञासा राखेको थियो ।

तपाईको प्रतिक्रिया