मोटरसाईकल दुर्घटनामा परी कैलालीका तीनजना थारु युवाको मृत्यु


धनगढी, चैत १३ गते । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने कैलालीको चौमाला कुचैनी सडकखण्डमा गएराति भएको मोटरसाइकल दुर्घटनामा परी तीन जना थारु युवाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कैलालीको साविक साडेपानी गाविसका ३० वर्षीय प्रकाश चौधरी, सोही ठाउँका ३० वर्षकै हरिनारायण चौधरी र साविक मुनुवा गाविसका २३ वर्षीय रामलाल चौधरीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेका से ५ प २०७१ नम्बरको मोटरसाइकल सडक किनारमा रोकिराखेको लु ३ त ५०३२ नम्बरको ट्र्याक्टरको ट्रलीसँग ठोक्किँदा भएको दुर्घटनामा मोटरसाइकलमा सवार तीनै जनाको मृत्यु भएको हो ।

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेका से ५ प २०७१ नम्बरको मोटरसाइकल सडक किनारमा रोकिराखेको लु ३ त ५०३२ नम्बरको ट्र्याक्टरको ट्रलीसँग ठोक्किँदा भएको दुर्घटनामा मोटरसाइकलमा सवार तीनै जनाको मृत्यु भएको हो ।

दुर्घटनापछि घाइते दुई जनाको पदमा अस्पताल अत्तरियामा र एक जनाको नेपालगन्जमा उपचारका क्रममा मृत्यु भएको हो । चालकको भने घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी गराएको छ ।

तपाईको प्रतिक्रिया