कैलाली, चैत १३ गते । थरुहट तराईमा रहेका साना दल तथा संघर्ष समितिहरुले सरकारले घोषणा गरेको आगामी वैशाख ३१ गतेको निर्वाचन रोक्न माग गरेका छन् । संविधान संशोधन विना गरिने निर्वाचनले मुलुकको वास्तविक समस्या समाधान नहुने उनीहरुको तर्क छ ।
कैलालीको धनगढीबाट आइतबार संयुक्त विज्ञप्ती जारीगर्दै साना दल तथा संघर्ष समितिका पदाधिकारीहरुले त्यस्तो माग गरेका हुन् । संविधानको धारा ५६ (५) ले व्यवस्था गरेअनुसारको विशेष क्षेत्र, संरक्षित क्षेत्र तथा स्वायत्त क्षेत्रको निर्णय नगरी गरिने निर्वाचनलाई आफूहरुले मान्यता नदिने उनीहरुको चेतावनी छ ।
स्थानीय तहको निर्वाचन जनताको चाहना र हित विपरित भएकाले त्यसलाई तत्काल स्थगित गर्न सरकारसँग ती दलहरुले माग गरेका छन् । यसअघि भएका सहमति सम्झौताको कार्यान्वयन गरी संविधान संशोधनको वातावरण बनाउन पनि उनीहरुले माग गरेका छन् ।
हेर्नुहोस् विज्ञप्तीको पूर्णअंश