मनोरन्जन श्रमिक महिलाले भने, ‘हाम्रो पारिश्रमिक लागु गर’


रसना ढकाल
काठमाडौं, चैत १४ गते । मनोरन्जन क्षेत्रलाई रोजगारीको थलो बनाई काम गर्दैआएका श्रमिक महिलाहरुले तोकिएको न्यूनतम पारिश्रमिक कार्यान्वनको माग गरेका छन् ।

महिलाकानिम्ति महिला मञ्च नेपालले आफ्नो स्थापनाकालको अवसर पारेर आयोजना गरेको श्रम अधिकार र दायित्व विषयक अन्तरक्रिया कार्यक्रममा महिलाहरुले उक्त कुरा बताएका हुन् ।

सरकारले नौ हजार सातसय न्यूनतम पारिश्रमिक तोकेपनि मनोरन्जन क्षेत्रमा काम गर्ने श्रमिक महिलाहरुले सरकारले तोकेअनुसारको पारिश्रमिक नपाएको गुनासो गरेका छन् ।

दिनप्रति दिन मनोरन्जनको क्षेत्र बढदै गएपनि त्यसमा काम गर्ने कामदारले न्यूनतम ज्याला पाउन सकेका छैनन् । सरकारले नौ हजार सातसय न्यूनतम पारिश्रमिक तोकेपनि मनोरन्जन क्षेत्रमा काम गर्ने श्रमिक महिलाहरुले सरकारले तोकेअनुसारको पारिश्रमिक नपाएको गुनासो गरेका छन् ।

नेपाल स्वतन्त्र होटल क्यासिनो मजदुर युनियन संघका उपाध्यक्ष वंशिधर भटराईले मनोरन्जन क्षेत्रको भित्रको समस्यामा ट्रेड युनियन हरदमै एक्यबद्धता जनाउदै आइरहेको बताए ।

एक अध्ययनअनुसार काठमाडौंमा दोहरी र डान्सबार गरेर ५० हजारको हाराहारीमा महिलाहरु काम गर्ने गरेको देखाएको छ । औपचारिक क्षेत्रमा काम गरेपनि यस क्षेत्रमा कामगर्ने महिलाहरु अझैपनि परिचयपत्र, नियुक्तिपत्र पाउन सकेका महिला मञ्चकी कार्यकारी निर्देशक सृजना पुनले बताइन । अध्यक्ष कविता मगरले मनोरन्जन क्षेत्रलाई सरकारले अझैसम्म हेलाको दृष्टिले हेरेको आरोप लगाइन ।

तपाईको प्रतिक्रिया