थारु साहित्यका अगुवा चौधरी सिकिस्त, काठमाडौंमा उपचार हुँदै


काठमाडौं, चैत १६ गते । थारु भाषा, साहित्यिका अगुवा तथा गोचाली पत्रिकाका सम्पादक लालबहादुर चौधरी विसन्चो भएर अस्पताल भर्ना हुनुभएको छ ।

२०२८ सालमा प्रकाशन सुरुभएको थारु भाषाको पहिलो पत्रिका गोचालीका सम्पादक मण्डलका एक सदस्य चौधरीको अहिले अन्नपूर्ण न्यूरो अस्पताल काठमाडौंमा उपचार भइरहेको छ । चौधरीको गतहप्ता बुधवार राती दायाँ हात, खुट्टा नचलेपछि उहाँलाई नेपालगञ्ज मेडिकल कलेजमा भर्ना गरिएकोथियो ।

अस्पतालमा करिब एक हप्तासम्म आइ.सी.यु.मा राखेर उपचार गर्दापनि सुधार नभएपछि चौधरीलाई थप उपचारका लागि काठमाण्डौ ल्याइएको हो ।

अस्पतालमा करिब एक हप्तासम्म आइ.सी.यु.मा राखेर उपचार गर्दापनि सुधार नभएपछि चौधरीलाई थप उपचारका लागि काठमाण्डौ ल्याइएको हो । चौधरीका माइला छोरा अशोक चौधरीकोअनुसार हप्ता दिनसम्म नेपालगञ्ज कलेजमा उपचार गर्दा सुधार नआएपछि थप उपचारको लागि हेलिकप्टरमार्फत उहाँलाई काठमाडौं ल्याइएको छ ।

प्रेसर अकस्मात बढेर समस्या आएको र टाउकोमा ब्लड जम्ने समस्या समेत देखिएको छोरा चौधरीले बताउनुभयो । किसान आन्दोलनका अगुवा समेत रहेका चौधरी लामो समयदेखि थारु, भाषा, कला, सस्कृतिको सरंक्षण र प्रवर्दनमा योगदान दिदै आउनुभएको थियो । चौधरी पञ्चायतकालमा थारु भाषाको पत्रिका गोचाली प्रकाशन गरि गाउँ गाउँमा लिएर जागरणको काम गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया