परीक्षाको एकदिन अगावै कक्षा ८ को प्रश्नपत्र बजारमा खरिदविक्री


दुष्यन्त चौधरी
बारा, चैत १६ गते । जिल्ला शिक्षा कार्यालयले लिने गरेका आधारभुततहका अन्तिम परीक्षाको प्रश्नपत्र परीक्षा हुनु अगाडि नै बाहिरीएको छ ।
विहिबार परीक्षा हुने सामाजिक शिक्षा विषयको प्रश्नपत्र बजारमा बिक्रीवितरण गरिरहेका पाइएको छ । कक्षा आठमा पढ्ने विधार्थीहरूले दुईसय देखि तीनसय रूपैयाँ तिरी प्रश्नपत्र खरिद गरि परीक्षाको तयारी गरिरहेका छन् ।

यसबारेमा जिल्ला शिक्षा कार्यालय बाराका सूचना अधिकारी अशोककुमार रौनियारसँग बुझ्दा प्रश्नपत्र कुनै पनि हालतमा परीक्षा हुनु अगावै बाहिरीन नसक्ने दाबी गर्नुभयो ।

शिक्षा कार्यालयले लिनेगरेका आधारभुततहका अन्तिम परीक्षाको प्रश्नपत्र जिल्ला भन्दा बाहिर छापिने गरेकाले कुनै हालतमा बाहिरिन नसक्ने उहाँको भनाई छ ।

प्रश्नपत्र बाहिरीएको आफुलाई कुनै किसिमको जानकारी नभएको उहाँले बताउनुभयो । प्रश्नपत्र बाहिरिएको पाईएमा आफूहरूले प्रश्नपत्र परिवर्तन गर्नुकासाथै जुन प्रेसबाट छापिएको हो त्यसलाई कार्वाही गर्ने सूचना अधिकारी रौनियारले तर्क गर्नुभयो ।

तपाईको प्रतिक्रिया