फाइल तस्विर
धनगढी, चैत १७ गते । कैलालीको धनगढी उपमहानगरपालिका– ७ पटेला गाउँमा चैत १९ र २० गते हुन गइरहेको थारु साहित्यिक राष्ट्रिय मेलाको तयारी करिब पूरा भएको स्थानीय आयोजक जनाएको छ ।
विहीबार धनगढीमा पत्रकार सम्मेलनको आययोजना गरी तयारी पूरा भएको आयोजकले जानकारी गराएको छ । थारु भाषा, साहित्यको संरक्षण र सम्बद्र्धनका लागि मेला आयोजना गरेको थारु लेखक संघका सदस्य दिलबहादुर चौधरीले जानकारी गराउनुभयो ।
थारु साहित्यिक राष्ट्रिय मेलामा साहित्यमा पारखी साहित्यकारहरुको सहभागिता रहने बताइएको छ । अतिथिहको खानेबस्ने व्यवस्था लगायत सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । दुई दिने कार्यक्रम अन्तर्गत यहि चैत १९ गते सखिया नाँच प्रस्तुत गरिने बताएको छ ।
त्यस्तै, उद्घाटनसत्र, पोस्टा विमोचन, सम्मान, थारू लोकसाहित्यबारे छलफल, थारु पत्रपत्रिका, पत्रकारिताको चुनौती, थारु साहित्यमा महिला लेखन, साहित्य किन आवश्यक सम्बाद कार्यक्रम र मदन पुरस्कार बिजेता रामलाल जोशीसँग अन्तरसम्बादको कार्यक्रम रहेको आयोजकले बताएको छ ।
थारु साहित्यिक राष्ट्रिय मेलामा साहित्यमा पारखी साहित्यकारहरुको सहभागिता रहने बताइएको छ । अतिथिहको खानेबस्ने व्यवस्था लगायत सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ ।
त्यस्तै, चैत २० गते थारु मानक भाषा, लेखन र बोल्ने तरीका, मनिराम चौधरीबाट लोकगीत प्रस्तुत, मातृभाषामा शिक्षाबारे सामुहिक छलफल, कदरपत्र प्रदान, घोषणापत्र जारी गरि दुई दिने कार्यक्रमको समापन हुने बताइएको छ ।
थारु भाषा, साहित्यको संरक्षण र सम्बद्र्धनमा संचारकर्मीहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्दे आएकोले पटेलामा हुन गइरहेको साहित्य मेलामा पनि उपस्थितको लागि थारु लेखक संघले आग्रह गरेको छ । थारु साहित्यिक राष्ट्रिय मेला कैलालीमा पहिलो पटक हुन गइरहेको छ । यसअघि २०७३ बैशाख ३, ४ गते दाङको घोराहीमा भएको थियो ।