चित्तवनमा थारु कल्याणकारिणीसभा भवनको भयो शिलान्यास


कारी महतो
रत्ननगर (चितवन), चैत २१ गते । माओवादी केन्द्रका केन्द्रीय कार्यालय सदस्य विश्वभक्त दुलाल “आहुति” ले स्थानिय तहको चुनाव जुनसुकै पार्टीले जितेपनि नेपाली जनताको जीत हुने बताएका छन् ।

नेपालमा नभइ विश्वको कुनै देशको संविधानमा यतिधेरै अधिकार स्थानीय तहमा नदिइएकाले नेपाली जनता निर्वाचनबाट अधिकार सम्पन्न हुने उनले दावी गरे ।

थारु कल्याणकारिणी सभा (थाकस) चितवन क्षेत्र नं. ८ रत्ननगरको सामुदायिक भवनको शिलान्यास गर्ने क्रममा सोमबार आहुतिले उक्त कुरा बताएका हुन् । थारु जाति नेपालमा दुई–तीन हजार वर्षभन्दा बढी समय अगाडिदेखि तराईमा बसोबास गर्दैआएको उनले बताए । “थारु समुदाय सभ्यताको प्रतिक हो तर जंगबहादुर राणाले १९१० मा मुलुकी ऐन ल्याउँदा यो समुदायलाई “मासिन्या मतवाली” कोटिभित्र राखेर चर्को रुपमा दमन गरेको उनले आरोप लगाए ।

“थारु समुदाय सभ्यताको प्रतिक हो तर जंगबहादुर राणाले १९१० मा मुलुकी ऐन ल्याउँदा यो समुदायलाई “मासिन्या मतवाली” कोटिभित्र राखेर चर्को रुपमा दमन गरेको उनले आरोप लगाए ।

२००७ सालपछि थारुलाई अघोषितरुपमा शोषण गरिएको बताउँदै नेता आहुतीले तराईको सबैभन्दा शोषित समुदाय भनेकै थारु रहेको    बताए । थारु सँस्कृति संरक्षण हुनु भनेको समग्र नेपालकै संस्कृति संरक्षण हुने हुँदा सबै दललाई थारु संस्कृति संरक्षणको लागि सहयोग गर्न उनले आग्रह गरे । सो अवसरमा आहुतीले सोमबार नै थाकस चित्तवनको थाकस भवनको सिलन्यास गरे ।

रामबहादुर थापा “बादल”को सिफारिसमा स्थानीय विकास मन्त्रालयले ५५ लाख रुपियाँको बजेट निकासा भएपछि थाकस चितवन रत्ननगर नगरकमिटिले १० धुर जग्गा खरिद गरी भवन निर्माणका लागि कार्यक्रम अगाडि बढाएको हो । लागत इष्टिमेटअनुसार उक्त भवन ६७ लाखमा तयार हुने अनुमान गरिएको छ । लक्ष्मी चौधरीले स्वागत गर्नुभएको कार्यक्रम थाकस चितवन क्षेत्र नं. ८ का सभापति रामेश्वर चौधरीको अध्यक्षतामा भएको हो ।

तपाईको प्रतिक्रिया