घरकै भैंसीले लतार्दा दाङकी कौशिला चौधरीको मृत्यु


दाङ, चैत २२ गते । बबई गाउँपालिका–६ बुटकेवामा मंगलबार घरकै भैँसीले लतार्दा एक थारु महिलाको निधन भएको छ । भैँसी चराउन लैजाँदा बुटकेवा निवासी २६ वर्षीया कौशिला चौधरीलाई भैसीले लतार्दा उनको मृत्यु भएको बताइएको छ ।

चराइसकेपछि पानी खुवाउने क्रममा हातले दाम्लो समाएको अवस्थामा भैँसी एक्कासी दौडिएपछि चौधरी लतारिएर घाइते हुनुभएको स्थानीय प्रकाश चौधरीले जानकारी दिनुभयो । गम्भीर घाइते चौधरीलाई उपचारका लागि तुल्सीपुर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको बताइएको छ ।

तपाईको प्रतिक्रिया