विदेशमा रहेका मतदातालाई स्वदेश फर्कन एमालेले गर्यो आग्रह


काठमाडौं, चैत २२ गते । नेकपा (एमाले) ले विदेशमा रहेका नेपाली मतदातालाई स्थानीय तहको निर्वाचनमा मतदान गर्न स्वदेश फर्कन आग्रह गरेको छ ।

एमाले मुख्यालय धुम्बाराहीमा मंगलबार बसेको बैठकले त्यस्तो निर्णय गरेको हो । स्थानीय निर्वाचनका लागि घोषणापत्र तयार पार्न सोमबार गठित समितिले प्रारम्भिक छलफल शुरु गरेको छ ।

उपाध्यक्ष बामदेव गौतमको संयोजकत्वमा गठित समितिले मंगलबारदेखि चुनावी घोषणापत्र तयार गर्ने विषयमा छलफल शुरुगरेको हो । पार्टी सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले पार्टीकोतर्फबाट तयार गर्ने घोषणापत्रका बारेमा प्रारम्भिक छलफल शुरुभएको जानकारी दिनुभयो ।

अवको कार्यभार मुलुकको आर्थिक, सामाजिक रुपान्तरण गरी समाजवादमा जाने रहेकाले एमालेको घोषणापत्र त्यसैमा टेकेर तयार हुने उहाँले बताउनुभयो । समितिमा रहेका सदस्यहरुको धारणा तथा सुझाव लिएर घोषणापत्र तयार गरिने सचिव भट्टराईले जानकारी दिनु   भयो ।

पार्टी सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले पार्टीकोतर्फबाट तयार गर्ने घोषणापत्रका बारेमा प्रारम्भिक छलफल शुरुभएको जानकारी दिनुभयो ।

त्यसैगरी, महासचिव ईश्वर पोखरेलको अध्यक्षतामा गठित स्थानीय निर्वाचन समन्वय तथा अनुगमन समितिको बैठक पनि मंगलबार बसेको छ । बैठकमा पार्टीका तर्फबाट हुने चुनावी कामकाजको बारेमा प्रारम्भिक छलफल शुरुभएको सचिव भट्टराईले बताउनुभयो ।

बैठकले देशबाहिर रहेका प्रवासी नेपाली मञ्चका अधिवेशनहरु बैशाखदेखि जेठको पहिलो सातासम्म स्थगित गर्ने निर्णय गरेको पनि उहाँले जानकारी दिनुभयो । करिब दुई दशकपछि आयोजना हुन लागेको स्थानीय निर्वाचनमा सहभागी हुन पनि बैठकले आग्रह गरेको सचिव भट्टराईले बताउनुभयो ।

तपाईको प्रतिक्रिया