बागेश्वरी मन्दिरमा चैते दशैंको भोलिपल्ट थारु समुदायको भीडभाड


भगतराम थारु
नेपालगञ्ज, चैत २३ गते । राम नवमीको अवसरमा बुधबार विहानैदेखी यस क्षेत्रको सबै भन्दा ठूलो शक्तिपिठ बागेश्वरी मन्दिरमा पुजाआजा गर्नेहरुको भिड लागेको छ ।

रामनवमीको अवसर पारेर नेपालगन्जको वागेश्वरी मन्दिरमा ठूलो संख्यामा थारु समुदायको भिड देखियो । चैते दशैको भोलिपल्ट मनाइने रामनवमी पर्व थारु समुदायको उल्लेख्य मात्रामा मनाउने गर्नाले हरेक वर्ष भिड लाग्ने गर्दछ ।

परम्परागत चलिआएको पर्वलाई थारु समुदायले हरेक बर्ष बागेश्वरी मन्दिरमा पुजाआज गरी मनाइने गरेको बर्दियाका कमल थारुले बताउनुभयो । हरेक बर्ष आजकै दिन बागेश्वरी मन्दिरमा पुजाआज गरी नवमी पर्व मनाउने गरेको उहाँले बताउनुभयो ।

चलिआएको परम्परालाई निरन्तरता दिन बाँके, बर्दियाका विभिन्न ्क्षेत्रबाट थारु समुदायका भक्तजनहरुको बढि भिड लाग्ने गरेको उहाँले बताउनुभयो । भिडभाडमा कुनै अप्रिय घटना हुन नदिन सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

भिडभाड ठुलै रहेकाले भक्तजनहरुलाई लाइन लगाएर पालैपालो दर्शन गर्न लगाईको छ मन्दिर व्यवस्थापन समितिले जनाएको छ । पूजाआजा गर्न बाँके, बर्दिया लगायत छिमेकी राष्ट भारतबाट समेत भक्तजनहरुको भिड लाग्ने गरेको छ ।

तपाईको प्रतिक्रिया