काठमाडौं, चैत २५ गते । पूर्वीया थारु भाषाको मिनि फिल्म जितिया निर्माणको तयारी स्वरुप अहिले धमाधम छयाङ्कनको काम भइरहेको छ ।
सुनसरी र मोरङ जिल्लामा भइरहेको छायाङकनका लागि मुख्य भूमिकामा रामलाल चौधरी, रेणु चौधरी, जानकी, सनम, ज्ञानिशा, एन्डिसा, सनराइज, सुमित्रा, हर्षनारायण, प्राप्ती चौधरी देखिनु भएको छ ।
थारु चलचित्र तथा सांस्कृतिक संघको व्यानरमा निर्माण भइरहेको थारु संस्कृतिमा आधारित चलचित्र जितियाको निर्देश पर्शुराम चौधरीले सहनिर्देशन कलाकार रामलाल चौधरीले गरिरहनुभएको छ । चैत २३ गतेदेखि शुरुभएको छायाङकनको काम २७ गतेसम्म सकिने र नयाँ वर्ष २०७४ को पहिलो सातासम्म फिलिम प्रदर्शन योग्य हुने सहनिर्देशक चौधरीले जानकारी दिनुभयो ।
करिब चारलाख रुपियाँ लगानीमा निर्माण हुन लागेको सो फिलिम २५ मिनेटको मात्र रहने निर्माणकर्ताले बताएको छ । अन्तर्राष्ट्रिस्तरको फिलिम फेष्टिबलमा प्रदर्शनकालागि केन्द्रित गरेर तयार भइरहेको सो फिलिममा पूर्वीया थारु समुदायले मनाउने जितिया पर्वको विषय र त्यसको महत्व दर्शाउन खोजिएको निर्माणकर्ताको भनाई छ ।