काठमाडौं, चैत २८ गते । उपप्रधानमन्त्री विमलेन्द्र निधीले प्रधानमन्त्री पछिको दोस्रो बरियाता नपाए मन्त्री परिषदको अवको बैठकमा सहभागी नहुने बताएका छन् । प्रधानमन्त्रीले कमल थापालाई दोस्रो वरियतामा राख्ने भनिरहेका छन् ।
प्रधानमन्त्रीपछिको वरियता आफूले नपाए पद छाड्ने सार्वजनिक अभिव्यक्ति दिएका निधीलाई पार्टी सभापति शेरबहादुर देउवाले पद नछाड्न सुझाव दिएपछि पद नछाड्ने तर मन्त्रिपरिषद् बैठकमा सहभागी नहुने रणनीति अपनाउन लागेको बुझिएको छ ।
थापालाई मन्त्रिपरिषदमा दोस्रो वरियता दिने प्रधानमन्त्रीको कदम अस्वीकार नगर्ने निर्णयमा पुगेका निधीले थापा सहभागी हुने मन्त्रिपरिषद् बैठकमा भाग नलिन यस्तो योजना बनाएको स्रोतले बताएको छ ।