भगतराम थारु
नेपालगञ्ज, चैत २८ गते । थारु समुदायमा देखा परेको सिकलसेल एनेमिया जनस्वास्थ्यको समस्याका रुपमा देखा परेको भेरी अञ्चल अस्पतालका कन्सलटेण्ट फिजिसियन डाक्टर राजन पाण्डेले बताउनुभएको छ ।
थारु पत्रकार संघ नेपालले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा डा. पाण्डेले थारु समुदायको मुख्य चुनौतीको रुपमा सिकलसेल एनेमिया रोग रहेको बताउनुभयो ।
यो रोगले धेरै थारु समुदायको घरवार समेत विगारिसकेको हुनाले यसलाई रोकथामका लागि पहल गर्न जरुरी रहेको उहाँले सुझाव दिनुभयो । सिकलसेल थारु समुदायमा पुर्खौदेखिको रोग रहेको बताउँदै उहाँले गाउँ गाउँमा अभियान चलाएर यसबारे जानकारी दिन सुझाव दिनुभयो ।
सिकलसेल थारु समुदायको लागि जनस्वास्थ्यकै समस्याकोरुपमा रहेको उहाँको तर्क छ । थारु समुदायमा आगामी पुस्तामा सिकलसेल देखा पर्न नदिन त्यसबारे जनचेतना जगाउन अनिवार्य रहेको उहाँले बताउनुभाये ।
सिकलसेलले समाजमा विभेद समेत ल्याएको बताउँदै उहाँले रोगको रोकथाम गर्नतिर सबैको पहलको खाँचो ओल्याउनुभया । राज्यले सिकलसेल एनेमियाबारे थारु समुदायको बढि जनसंख्या रहेको ठाउँमा कक्षा ५ देखि ८ कक्षा सम्मका विद्यार्थीहरुका लागि पठ्यपुस्तकमा व्यवस्था गर्नुपर्ने उहाँको सुझाव छ ।
हालसम्म बाँकेमा १० जना सिकलसेल विरामीको मृत्यु भैसकेको छ । बाँकेमा ३ सय ४० जनामा सिकलसेल देखापरेको छ भने कैलालीमा ३ सयमा, बर्दियामा ५ सय बढिमा यो रोग देखापरेको डा पाण्डेले बताउनुभयो ।
सिकलसेल समयमै उपचार गरे निको हुने डा. पाण्डेको भनाई छ । थारु समुदायमा अहिलेसम्म यो रोग १० प्रतिशतमा देखा परेको तर परीक्षण गर्दैजाँदा अझै सो प्रतिशत बढ्न सक्ने उहाँको अनुमान छ ।
थारु समुदायमा बंशाणुगत रोग रहेकाकारण यसलाई रोकथामका लागि राज्यले निशुल्क उपचारको व्यवस्था गर्नुपर्ने थारु पत्रकार संघ नेपाल बाँके शाखाका अध्यक्ष विमला चौधरीले बताउनुभयो । बाँकेको बैजापुर, विनौना, फत्तेपुर, नौवस्ता, टिटिहिरिया र चिसापानीमा बढि सिकलसेलका विरामी देखिएको डा. पाण्डेको भनाई छ ।
यस्तै बर्दियाको हरेक गाविसका थारु समुदाय यो रोग देखापरेको उहाँले जानकारी दिनुभयो । हालसम्म बाँकेमा १० जना सिकलसेल विरामीको मृत्यु भैसकेको छ । बाँकेमा ३ सय ४० जनामा सिकलसेल देखापरेको छ भने कैलालीमा ३ सयमा, बर्दियामा ५ सय बढिमा यो रोग देखापरेको डा पाण्डेले बताउनुभयो ।
सरकारले सिकलसेल रोग लागेका विरामीका लागि १ लाख वरावरको निशुल्क उपचार गर्ने व्यवस्था मिलाएको भएपनि त्यो निकै न्यून भएको डा. पाण्डेले बताउनुभयो ।