भगतराम थारु
नेपालगञ्ज, चैत २८ गते । नेपालगन्जमा जारी साहित्य महोत्सवमा थारु हस्तकला प्रदर्शनको चर्चा व्यापक छ । सो महोत्सवमा थारु कलाको प्रर्दशनले दर्शकको भिड लागेको छ ।
थारु हस्तकला गोरी, ढकिया, नुङया, भौका, सुप्पा लगायत विभिन्न खालका थारु परम्परागत हस्तकला प्रदर्शनमा राखिएको छन् । गत २५ गतेदेखि जारी नेपालगन्जमा साहित्यीक महोत्सव अन्तर्गत सोमवार श्रष्टा संवाद गरिएको छ । साहित्यकार नयनराज पाण्डे र बज्रेस खनालवीच गरिएको संवादमा साहित्यले समाज परिवर्तनमा खेलेको भुमिकाको चर्चा गरिएको थियो ।
थारु हस्तकला गोरी, ढकिया, नुङया, भौका, सुप्पा लगायत विभिन्न खालका थारु परम्परागत हस्तकला प्रदर्शनमा राखिएको छन् ।
त्यस्तै मधेश मुद्दा र समाधान विषयक संवाद कार्यक्रममा पूर्व मन्त्री इस्तियाक राइ, डाक्टर जनार्दन शर्मा र सरोजराज अधिकारीसंग ठाकुरसिंह थारुले सहजीकरण गरेका थिए ।
त्यस्तै साहित्यकार अमर न्यौपानेले मेरो कथाः मैले लेखेको नेपालगन्ज शीर्षकमा आफनो प्रस्तुति राख्नुभएको थियो । सुशासन र राजनीति विषयमा हरिबहादुर थापा, गशेण विक, नरेन्द्र जंग पिटरसंग सरोजराज अधिकारीले सहजीकरण गर्नुभएको थियो ।
पृथकखालको कार्यक्रमले दर्शकलाई नयाँपन प्रदान गर्नुकासाथै मुद्दाको समेत उजागर भएको सहभागीको टिप्पणी छ ।