दुष्यन्त चौधरी
बारा, चैत ३० गते । पर्साको रामगढवा स्वास्थ्य चौकीमा कार्यरत अहेव कर्मचारी बबिताकुमारी पंडित हत्याका मुख्य अभियुक्तलाई पक्राउ गरी प्रहरीले बुधबार सार्वजनिक गरेको छ । उनको हत्यामा श्रीमान् तथा भाईको संलग्नता रहेको प्रहरीको भनाई छ ।
जिल्ला प्रहरी कार्यालय बाराले मृतकका श्रीमान् अमरेन्द्रकुमार पंण्डित र काकाको छोरा ज्ञानेन्द्र पंण्डितलाई सर्लाही जिल्लाको सिसौटियास्थित घरैबाट पक्राउ गरी बुधवार जिल्ला प्रहरी कार्यालय बारामा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।
श्रीमानले कुटपिट गर्ने, मानसिक तथा शारीरिक यातना दिने गरेकाले दुबैवीच पर्सा जिल्ला अदालतमा सम्बन्ध विच्छेदको मुद्दा दर्ता भएको थियो । पौष ११ गते अभियुक्तको सम्पूर्ण सम्पत्तिमा मृतकको पुग्नेगरी मिलापत्र भएकाले सोही विषयलाई लिएर श्रीमानले श्रीमतीलाई मारेको बयान दिएका छन् ।
श्रीमानसँगको घरायसी झगडा चुलिदै गएपछि मृतकका श्रीमानले मृतकका भाईलाई नैं आर्थिक प्रलोभन देखाई हत्या गर्न लगाएको प्रहरी समक्ष बयान दिएको बरिस्ठ प्रहरी उपरीक्षक सूर्यप्रसाद उपाध्यायले बताउनुभयो ।
बबितालाई बिरगंजमा हत्यागरी बोरामा राखी बाराको प्रसौनी गाउँपालिकास्थित सिंगा खोलाको किनारमा फ्यालिएको अवस्थामा चैत्र १३ गते शव भेटिएको थियो । प्रहरीले अनुसन्धानकाक्रममा चैत्र २६ गते उनका श्रीमान् र काकाको छोरा भाइलाई सर्लाहीबाट पक्राउ गरेको थियो ।
श्रीमानसँगको घरायसी झगडा चुलिदै गएपछि मृतकका श्रीमानले मृतकका भाईलाई नैं आर्थिक प्रलोभन देखाई हत्या गर्न लगाएको प्रहरी समक्ष बयान दिएको बरिस्ठ प्रहरी उपरीक्षक सूर्यप्रसाद उपाध्यायले बताउनुभयो ।
हत्या गराउँन मृतकका श्रीमानले भाईलाई पेश्कीस्वरुप एक लाख रुपैंयाँ सेन्चुरी बैंकको खातामा जम्मा गराएको र हत्या गराउँन दुई लाख रुपैंयाँ कबुल गरेको बारेमा प्रहरी अनुशन्धानका क्रममा खुल्न आएको छ ।
भाई ज्ञानेन्द्रले पूर्व योजनाअनुसार आफ्नों जन्मदिन भनी बिरगंजस्थित आफ्नों कोठामा बोलाई हत्यागरेको प्रहरीले पत्रकार सम्मेलनमा जानकारी गरायो ।
हत्यामा संलग्न अन्य अभियुक्तहरुको खोजतलास जारी रहेको बाराका प्रहरी उपरीक्षक नरेन्द्रप्रसाद उप्रेतीले जानकारी दिनुभयो ।
बबिताले हत्या हुँनु चारदिन अघि जिल्ला प्रशासन कार्यालय सर्लाहीमा आँफू असुरक्षित रहेको भन्दै शान्ति सुरक्षा गरी पाउँ भनि निवेदन दिएकी थिइन् ।