फोरम लोकतान्त्रिक त्याग्दै केन्द्रीय नेताहरु फोरम नेपालमा प्रवेश


रुपन्देही, चैत ३१ गते । विजयकुमार गच्छदार नेतृत्वको फोरम (लोकतान्त्रिक) पार्टी परित्याग गर्दै केन्द्रीय सदस्यसहित नेताहरु उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका छन् ।

विरगञ्ज र रुपन्देहीमा भएको छुट्टाछुट्टै कार्यक्रममा गच्छदार नेतृत्वको पार्टीका केन्द्रीय सदस्य मोहनलाल यादव, क्षेत्रीय अध्यक्ष विरेन्द्र कुर्मी, क्षेत्रीय सचिव बेचु केवट सहितका नेता पार्टी प्रवेश गरेको सो दलले बताएको छ । नव प्रवेशीहरुलाई अध्यक्ष यादवले टीका लगाएर पार्टी प्रवेश गराएका छन् ।

विरगञ्ज र रुपन्देहीमा भएको छुट्टाछुट्टै कार्यक्रममा गच्छदार नेतृत्वको पार्टीका केन्द्रीय सदस्य मोहनलाल यादव, क्षेत्रीय अध्यक्ष विरेन्द्र कुर्मी, क्षेत्रीय सचिव बेचु केवट सहितका नेता पार्टी प्रवेश गरेको सो दलले बताएको छ ।

त्यस्तै, कमल थापा नेतृत्वको राप्रपाका जिल्ला उपाध्यक्ष हरिपाल, जिल्ला युवा अध्यक्ष सुरेन्द्र धवल, उपाध्इक्ष विपिन कुर्मी पनि पार्टी प्रवेश गरेको सो दलले जनाएको छ ।

सोहीअनुसार नेत्रविक्रम चन्द विप्लव नेतृत्वको पार्टीका जिल्ला सदस्य बाबुलाल पालले पनि पार्टी प्रवेश गरेको बताइएको छ । त्यस्तै, अन्य दलका कबिता थारु, रुपा यादव लगायतका नेता कार्यकर्ता फोरम नेपाल रुपन्देहीका जिल्ला उपाध्यक्ष रामअवतार यादवले जानकारी दिए ।

तपाईको प्रतिक्रिया