तस्विरः मिथिलेश
काठमाडौं, वैशाख २ गते । तराई–मधेशसका जिल्लामा जुरशीतल पर्व पूर्खाबाट आशीर्वाद थपी उल्लासका साथ मनाईंदै छ । यो वर्षमा बिहानै घर र बस्तीका मान्यजन (जेष्ठ नागरिक) ले आफूभन्दा कान्छोलाई तालुमा जलसिँचन गरी थपथपाएर आर्शीवाद दिने चलन रहेको छ ।
सूर्यको तापबाट ब्याकुल मानव जीवनलाई शीतलता प्रदान गर्नु यस पर्वको मुख्य उद्देश्य रहेको मानिन्छ। जेष्ठ नागरिकले आफ्ना सन्तानलाई शितल जलले ‘जुडाउनु’ को कारण हो– मस्तिष्कले शीतलता पाई वर्षभरी काममा सफता पाइरहुन्।
सूर्यको तापबाट ब्याकुल मानव जीवनलाई शीतलता प्रदान गर्नु यस पर्वको मुख्य उद्देश्य रहेको मानिन्छ। जेष्ठ नागरिकले आफ्ना सन्तानलाई शितल जलले ‘जुडाउनु’ को कारण हो– मस्तिष्कले शीतलता पाई वर्षभरी काममा सफता पाइरहुन्। यो पर्वमा शूर्य उदाउनु अघि आमाबुवा, काकाकाकी र हजुरबुवा तथा हजुरआमाहरुले एक हातमा चोखो पानी भरेको लोहोटा बोक्छन र अँजुलीमा पानी लिएर परिवारदेखि छरछिमेकका आफूभन्दा साना सदस्यको टाउकोमा थप्थपाएर आर्शिवाद दिन्छन् ।
जुरशीतल प्रकृतिपूजाको पर्व हो मैथिली सँस्कृतिकाजानकार लक्ष्मण झा भन्छन्,‘ जुरशीतलमा मानव मात्र नभई रुखविरुवा समेतलाई जुडाउने (जलसिंचन) चलन छ । यो पर्वलाई मीठो खाने पर्वकोरुपमा समेत लिइन्छ ।
विभिन्न किसिमका तरुवा, करीबरी, सजिनाको तरकारी, टिकुलाको चटनी लगायतका परिकार पकाई ईष्टदेवलाई चढाई भोजन गर्ने गरिन्छ । सो दिन (बैशाख २ गत्ते) राती चुल्होमा आगो बालेर खाना पकाउन नहुने मान्यता पनि छ ।
अघिल्लो रात पकाएका बासीखाना खानाले शीतलता प्राप्त हुन्छ, भन्ने जनविश्वासले यो चलनले निरन्तरता पाएको बताइन्छ । यस पर्वलाई सतुआइन तथा बैशाखी पनि भन्ने गरिन्छ । यसमा पूर्खाका लागि भनेर नलले भरेको घैटो, सतुवा, जौ, आँपको टिकुला तथा पङखा ब्राम्हणहरुलाई दान गर्ने परम्परा रहेको छ ।
साथै गृहिणीहरुले इष्टदेवलाई पुरैनिको पातमा सतुवा, सक्कर तथा आँपको टिकुलाबाट बनाइएको चटनी (आचार) चढाउने चलन छ । आजै दिनदेखि तुलसी चौरा वा शिवलिङ्गको छेउमा बाँस गाडेर त्यसमा गाग्रोमा पानी राखी त्यसको तलतिर सानो प्वाल पारेर कुश राखिन्छ ।
विक्रम संवतको आधारमा आरम्भ हुने नयाँवर्षको पहिलो र दोस्रो दिन यो पर्व मनाउने गरिन्छ । यो दुई दिवसीय पर्व हो । पहिलो दिन वैशाख १ गतेलाई सतुवाइन भन्ने गरिन्छ भने दोस्रो दिन अर्थात वैशाख २ गतेलाई जुरशीतल भन्ने गरिन्छ ।
कुश भएर तुलसी चौरा वा शिवलिंगमा थोपाथोपा पानी झर्ने गर्छ । यस पर्वलाई हिलोको पर्व पनि भनिन्छ । सुकिसकेको ईनार र पोखरीमा नयाँ जलले सिंचित गर्ने गर्छ । यो पर्वको साईत पारेर ईनारको पानीमा चुना राखि तिनलाई स्वच्छ बनाउने चलन पनि छ ।
आत्मीयता बढाउनका लागि मनाईने यो पर्वले भातृत्वको भावना तथा एकआपसमा प्रेम गर्ने सन्देश दिने गरेको छ । जुरशीतलको दिन खेत, खलिहान, आँगन, दलान, गाईबस्तु, रुखबिरुवासहित सबै जीवप्राणीलाई पानीले सिँचित गरेर शीतलता प्रदान गर्ने भएकोले यो पर्वलाई शान्ति, भातृत्व, सद्भाव र प्रकृतीको पर्वको उपमा दिने गरिएको छ ।
जुरशीतलको दिन कृषिमा आधारित तथा गाउँघरमा उत्पादित अन्न, फलफूल तरकारी र दूधदहीको परिकार खाने चलन छ । त्यस अवसरमा चिचिलोको तरुवा, सजिनाको तरकारी, करी र बडीजस्ता परिकार महत्वपूर्ण र अनिवार्य मानिन्छ ।
विक्रम संवतको आधारमा आरम्भ हुने नयाँवर्षको पहिलो र दोस्रो दिन यो पर्व मनाउने गरिन्छ । यो दुई दिवसीय पर्व हो । पहिलो दिन वैशाख १ गतेलाई सतुवाइन भन्ने गरिन्छ भने दोस्रो दिन अर्थात वैशाख २ गतेलाई जुरशीतल भन्ने गरिन्छ ।
गहुँ, जौ र बदामको सतुवाजस्ता भर्खरै फलेको सुपाच्य अन्न खाएर सुरुभएको नयाँ वर्षको उत्सव दोस्रो दिन अर्थात वैशाख २ गते भव्य र धुमधामकासाथ मनाइन्छ ।