मधेसी मोर्चाले गर्यो अनिश्चितकालिन आम हडतालको घोषणा


काठमाडौँ, बैशाख ३ गते । स्थानीय तहको निर्वाचन विरुद्धमा संयुक्त मधेसी मोर्चाले आन्दोलनको घोषणा गरेको छ । घोषित कार्यक्रममा बैशाख १६ गते नेपाल बन्द, २७ गतेबाट अनिश्चितकालीन आमहड्ताल रहेको छ ।

आइतबार यहाँ पत्रकार सम्मेलन गर्दै मोर्चाले त्यस्तो बताएको हो । गठबन्धनका प्रवक्ता डा. ओम गुरुङले निर्वाचन हुन नदिनेगरी विरोधको कार्यक्रम सार्वजनिक गरिएको बताउनुभयो । त्यसैगरी, बैशाख १५ गते थरुहट तराई र लिम्बुवानमा बन्दको घोषणा गरिएको मोर्चाले बताएको छ ।

प्रदेश सरकारले मातहत स्वायत्तक्षेत्र, विशेषक्षेत्र र संरक्षितक्षेत्रसहित स्थानीय तहको चुनाव गर्नुपर्ने माग मोर्चाले उठाएको छ । ‘राज्यको विशेषसंरचनाको मान्यता नदिनु, क्षेत्राधिकारको अनुसूची संविधानमा नराख्नु, स्वायत्त क्षेत्र, विशेषक्षेत्र र संरक्षित क्षेत्रको सङ्ख्या र सीमा निर्धारण नै नगरी स्थानीय तहको चुनाव घोषणा गर्नु गलत भएको तर्क मोर्चाको छ ।

बैशाख १५ गते थरुहट तराई र लिम्बुवानमा बन्दको घोषणा गरिएको मोर्चाले बताएको छ ।

मोर्चालाई निर्वाचनमा सहभागी गराउन भन्दै सरकारले दोस्रो संशोधन विधयेक संसदमा दर्ताको तयारी गरिरहेकोबेला मोर्चाले चुनाव बिथोल्ने कार्यक्रम सार्वजनिक गरेको हो । मोर्चा र सरकारबीच विगतमा भएको सम्झौता उल्लंघन गरेको भन्दै अक्षारस कार्यान्वय गर्न सरकारसँग आग्रह गरेको छ ।

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र संघीय गठबन्धनले सरकारसमक्ष राखेको ११ बुँदे र २६ बुँदे मागहरुलाई समेत बेवास्ता गरी ल्याएको उक्त संशोधन विधेयकले समस्या समाधान नगर्ने गठबन्धनको भनाई छ ।

माग पूरा नभएसम्म विरोधको कार्यक्रम जारी राख्ने मोर्चा गठबन्धनले भनेको छ । चुनावको चार दिनअघि बैशाख २७ गतेबाट अनिश्चितकालीन आमहडताल गर्ने गठबन्धनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । कार्यक्रममा मोर्चाका नेताहरु उपेन्द्र यादव, महेन्द्र राय यादव, राजेन्द्र महतो, राजकिशोर यादव, शरदसिंह भण्डारी, सर्वेन्द्रनाथ शुक्लालगायतको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया