सोमबारदेखि राष्ट्रपतिको भारत भ्रमण, आउँदाजाँदा सरकारी विदा


काठमाडौं, वैशाख ३ गते । राष्ट्रपति विद्या भण्डारी भारत भ्रमणमा जाने र आउने दुबै दिन सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रपतिको भारत भ्रमण स्वीकृत गर्दै सो विदाको निर्णय गरेको हो ।

राष्ट्रपति भण्डारी ३४ सदस्यीय टोलीसहित सोमबार छिमेकी मुलुक भारत भ्रमणमा जान लाग्नुभएको हो । राष्ट्रपतिकारुपमा उहाँको यो पहिलो विदेश भ्रमण हो ।

राष्ट्रपति भण्डारी ३४ सदस्यीय टोलीसहित सोमबार छिमेकी मुलुक भारत भ्रमणमा जान लाग्नुभएको हो । राष्ट्रपतिकारुपमा उहाँको यो पहिलो विदेश भ्रमण हो ।

विगतमा पूर्व राजाहरुको विदेश भ्रमणमा सरकारले सार्वजनिक विदा दिने प्रचलन थियो । भारतका राष्ट्रपति गत कात्तिक १७ नेपाल आउँदा पनि प्रचण्ड सरकारले सार्बजनिक विदा दिएको थियो ।

राष्ट्रपतिको यो भ्रमण राजकीय भ्रमण हो । भ्रमण टोलीमा परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत, शान्तिमन्त्री सीतादेवी यादव सहित हुनुहुन्छ ।राष्ट्रपति भण्डारीले भारत बसाईको क्रममा समकक्षी प्रणव मुखर्जी, उपराष्ट्रपति हमिद अन्सारी र प्रधानमन्त्री नरेन्द्र मोदी लगायतसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । उहाँले सो अवसरमा गुजरात र उडिसा राज्यको पनि भ्रमण गर्नु हुनेछ ।

राष्ट्रपति भण्डारी शुक्रबार स्वेदश फर्कने कार्यक्रम छ । त्यो दिन पनि सार्वजनिक विदा दिने निर्णय सरकारले गरेको छ ।

तपाईको प्रतिक्रिया