राम दहित
लम्की, बैशाख ४ गते । कैलालीको चिसापानीमा भीषण आगलागी हुदा ६ घर जलेर नष्ट भएको छ । लाखौ रुपिया वरावरको क्षति भएको छ ।
चिसापानीदेखि २ किलोमीटर दक्षिण ढुंगेबजारमा दिउँसो करिब २ बजेतिर भएको आगलागीबाट स्थानीय मानबहादुर शाही, कुश्माखर भण्डारी, कृष्ण भण्डारी, सन्तलाल चौधरी, रतन जोशी र निर्मला गिरिको घर जलेर नष्ट भएका छन् । आगो करिब २ घण्टापछि स्थानीयबासी, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी, रेडक्रसकर्मीको सहयोगमा साझ ४ बजेमात्र नियन्त्रणमा लिएका थिए ।
आगो करिब २ घण्टापछि स्थानीयबासी, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी, रेडक्रसकर्मीको सहयोगमा साझ ४ बजेमात्र नियन्त्रणमा लिएका थिए ।
आगो निभाउन दमकलको समेत प्रयोग गरिएको थियो । दिउँसो घरमा कोहि नभएको बेलामा आगो लागेकोले आगलागीबाट मानविय क्षति भने हुन पाएन । आगलागीबाट घरभित्र रहेका सम्पुर्ण सामानहरु जलेर नष्ट भएका छन् । ३ वटा बाख्राका पाठापाठी समेत जलेका छन् ।त्यसैगरी घरभित्र राखिएका ३ साइकल, केही मोबाइल, कुश्माखर भण्डारीको ३१ हजार नगदसमेत जलेको प्रहरीले बताएको छ । शारीरिकरुपमा अशक्त रहेका भण्डारीले लखनउ उपचार गर्न जानका लागि हिजो मात्रै ३१ हजार नगद जम्मा गरेर राखेको बताए ।
समयमै आगो नियन्त्रण भएकोले ठूलो क्षति हुनबाट बचेको नेपाल रेडक्रस सोसाइटी बलियाका सभापति रंगप्रसाद तिमिल्सैनाले जानकारी दिनुभयो । यसअघि लम्किचुहा–३ गोरंगे बस्दै आएको बस्ती सिंचाइले स्थान्तरण गरेपछि ढुंगेबजारमा बस्दै आएको थियो । बस्तिमा करिब १ सय घरधुरी छ ।