काठमाडौं, वैशाख ८ गते । विजयकुमार गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) र भानुराम थारु नेतृत्वको थरुहट तराई पार्टी नेपालबीच एकीकरण भएको छ । दुवै दलले थारु मुद्दा सम्बोधनमा संयुक्त संघर्ष थाल्ने बताएका छन् ।
लामो समयको प्रयासपछि माग मुद्दा र विचारमा एकरुपता भएपछि पार्टी एकीकरण भएको नेताहरुले बताउनुभयो । विहिबार एक कार्यक्रम गरी दुवै पार्टी एकीकरणको घोषणा भएको थियो । मुलुकको राजनीतिक स्थायित्व, समानुपातिक प्रतिनिधित्व र सिमांकनमा हेरफेर गरी समृद्ध नेपाल निर्माण गर्ने प्रतिवद्धतासहित दुई पार्टीबीच एकीकरण भएको नेताहरुले बताएका छन् ।
थारु, आदिवासी जनजाति, मधेसी, मुस्लिम, सिल्पी, पिछडावर्ग, सिमान्तकृत, अल्पसंख्यक समुदायलाई राज्यको सबै अङ्गको प्रत्येक तहको पहुँचबाट बन्चितीकरणमा पारिएकाले ती वर्गको हकहित सम्बोधनमा पार्टी एक भएको भनाई नेताहरुको छ ।
थारु, आदिवासी जनजाति, मधेसी, मुस्लिम, सिल्पी, पिछडावर्ग, सिमान्तकृत, अल्पसंख्यक समुदायलाई राज्यको सबै अङ्गको प्रत्येक तहको पहुँचबाट बन्चितीकरणमा पारिएकाले ती वर्गको हकहित सम्बोधनमा पार्टी एक भएको भनाई नेताहरुको छ ।
आन्दोलनकारीहरुको राज्यपक्षबाट हत्या गर्ने, उनीहरुमाथि सुनियोजित रुपमा मुद्दा लगाई जेल चलान गर्ने र उनीहरुले उठाएका न्यायपूर्ण माग मुद्दालाई सम्बोधन गर्न नचाहने प्रबृत्ति सरकार र ठूला दलका नेतामा रहेकाले त्यस विरुद्ध संयुक्त संघर्षका लागि पनि पार्टी एकीकरण आवश्यक रहेको बुझाई नेताहरुको छ ।
आन्दोलनरत पक्षहरुको माग मुद्दालाई संविधान संशोधन गरी सम्बोधन नगरेसम्म संविधान कार्यान्वयनको राष्ट्रिय राजनैतिक वातावरण सकारात्मक हुन नसक्ने ठहर गर्दै दुवै दलका नेताहरुले निर्वाचनको औचित्य पुष्टिगर्न सरकारसँग माग गरेका छन् ।
टीकापुर घट्ना लगायत विभिन्न ठाउँका आन्दोलनकारीहरुमाथि सुनियोजित रुपमा लगाइएको सम्पूर्ण मुद्दा खारेज गर्दै क्षतिभएको सम्पत्तिको क्षतिपूर्तिको माग पनि दुवै दलका नेताले गरेका छन् ।
हेर्नुहोस् विज्ञप्तीको पूर्णपाठः