बडघरको अगुवाईमा सडक निर्माणमा जुटे डल्ला गाउँबासीहरु


भगतराम थारु
वर्दिया, वैशाख १४ गते । बर्दियाको डल्लास्थित डल्ला गाउँका स्थानियहरु सडक निर्माणमा जुटेका छन् । आफ्नो गाउँ आफै बनाउँ भन्ने उद्देश्यकासाथ थारु समुदायका महिला पुरुषहरु सडक निर्माणमा जुटेका हुन् ।

डल्लाका हरेक घरका एकजना अनिवार्य रुपमा सडक निर्माणमा जुटन बडघरको निर्देशन र अगुवाईमा सडक निर्माण भैरहेको स्थानिय मंगल थारुले बताउनुभयो ।

डल्लाका हरेक घरका एकजना अनिवार्य रुपमा सडक निर्माणमा जुटन बडघरको निर्देशन र अगुवाईमा सडक निर्माण भैरहेको स्थानिय मंगल थारुले बताउनुभयो ।

डल्ला गाउँका स्थानियहरु बनजंगल संरक्षण तथा विभिन्नखाले विकास निर्माणका काममा लागेको बताएका छन् । थारु समुदायको बहुल्यता रहेको डल्ला गाउँमा श्रमदान गरी सडक मर्मत लगायत विभिन्न सामाजिक विकास निर्माणका काम समेत गर्ने गरेका छन् ।

संयोजकमा थारु
बर्दियाको डल्लास्थित संरक्षण पत्रकार संजाल गठन भएको छ । संजालको संयोजकमा बाँकेका पत्रकार भगतराम थारु चयन हुनुभएको छ । संरक्षणका सवालमा स्थानिय पत्रकारहरुका लागि दुईदिने अभिमुखिकरण कार्यक्रमको समापनमा संरक्षण पत्रकार संजाल गठन गरिएको   हो ।

दुई दिने अभिमुखिकरण तालिममा बाँके, बर्दिया र दाङका १७ जना पत्रकारहरुको सहभागिता रहेको थियो । थारुको संयोजकत्वमा ९ सदस्यीय कार्यसमिति गठन गरिएको छ । सचिवमा दाङका पत्रकार चुमा आचार्य, सदस्यहरुमा सकुन्तला विएम, ओमप्रकाश गुप्ता, हरि गुरुङ, अनोज थारु, शोभा कोइराला, लक्ष्मी चौधरी र कमला हमाल रहेका छन् ।

तपाईको प्रतिक्रिया