तस्करसँगको साथगाँठले बाराका चारजना प्रहरी जवान निलम्बनमा


दुष्यन्त चौधरी
बारा, बैशाख १६ गते । जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत रहेका चारजना प्रहरी निलम्बनमा परेका छन् । एक प्रहरीकाअनुसार चारै जनाको तस्करसँग साथगाँठ रहेकाले उनिहरूलाई निलम्बन गरिएको हो ।

निलम्बनमा परेका प्रहरी हवल्दार नथुनी साह कानु, प्रहरी जवान रमेश कुमार झा, प्रमोदकुमार कम्कर तथा संजिव कुमार पासवान रहेको जिल्ला प्रहरी कार्यालय बाराले बताएको छ ।

स्थानिय तस्करीहरूसँग सम्पर्क एंब सम्बन्ध भएकोले निज चारैजना प्रहरी कर्मचारीहरुलाई आफ्नो पदिय दायित्व जिम्मेवारी बहन नगरी प्रहरी आचरण विपरीत काम गरेको हुँदा प्रहरी नियमावली बमोजिम निलम्वन गरी कारबाही प्रकृया अगाडी बढाईएको बारा प्रहरी कार्यालयको भनाई छ ।

तपाईको प्रतिक्रिया