नागरिक समाजवादी पार्टीबाट पूर्व संयोजक लेखी भए निष्काशित


काठमाडौं, वैशाख १६ गते । नागरिक समाजवादी पार्टीका संयोजक राजकुमार लेखीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी सो दलले निष्काशन गरेको छ ।

सिराहाको लहानमा शनिबार बसेको सो दलको बैठकले पार्टीमा छलफल र निर्णय नै नगरी मनोमानी ढंगले लेखीले पार्टीलाई सद्भावनामा मिलाएको बताए पनि पार्टी सो दलमा एकीकरण नभएको सो दलले प्रष्ट पारेको छ । निर्वाचन आयोगमा दर्ता रहेको नागरिक समाजवादी पार्टीलाई कायम राख्ने निर्णय पनि सो दलका नेताहरुले गरेका छन् ।

पार्टीलाई अगाडि बढाउन केन्द्रीय बैठकले राज थारुलाई संयोजकको जिम्मा दिएको छ । यसअघि थारु सोही दलका प्रवक्ता हुनुहुन्थ्यो ।

पार्टीलाई अगाडि बढाउन केन्द्रीय बैठकले राज थारुलाई संयोजकको जिम्मा दिएको छ । यसअघि थारु सोही दलका प्रवक्ता हुनुहुन्थ्यो । पार्टीको कामकाज अगाडि बढाउन सो दलले थारुको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल पनि गठन गरेको छ । कार्यदलमा अनिलकुमार चौधरी, रामबहादुर चौधरी, हेमनारायण चौधरी र विनोद चौधरी सदस्य छन् ।

बैठकले नेता लेखी सद्भावना पार्टीमा प्रवेश गरेको तर पार्टी एकीकरण नभएको ठहर गरेको संयोजक राज थारुले बताउनुभयो । पार्टीको कामकाजलाई अगाडि बढाउन जनचेतनामूलक कार्यक्रम अगाडि बढाउने बैठकले निर्णय गरेको पनि उहाँले जानकारी दिनुभयो ।

सो दलले माग मुद्दा मिल्ने अन्य दलसँग कार्यगत एकताका लागि पहल गर्ने निर्णय पनि गरेको छ । वैशाख ५ गते सद्भावना पार्टीमा प्रवेश गर्दा नेता लेखीले नागरिक समाजवादी पार्टीको सो दलसँग एकीकरण भएको बताउनुभएको थियो । तर केन्द्रीय कमिटी बैठकले त्यसबारेमा आफूहरुलाई कुनै जानकारी नभएकोभन्दै लेखीको सो कदमले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

तपाईको प्रतिक्रिया