धनगढी क्याम्पसरोडमा १५ शैयाको ओमआशा अस्पताल शुरु


राम दहित
धनगढी, बैशाख १७ गते । विगत डेढ दशकदेखि मेडिकलमार्फत स्वाथ्य सेवा दिंदैआएको आशा मेडिकल शनिबारदेखि सुविधा सम्पन्न अस्पतालकोरुपमा सेवा विस्तार गरेको छ ।

मेडिकलले धनगढी–८ क्यामपस चोकस्थित ओम आशा अस्पताल प्रा.लि.को रुपमा आफ्नो सेवा विस्तार गरेको हो । १५ शैया रहेको अस्पतालको उद्घाटन सेती अञ्चल अस्पतालका पूर्व मेडिकल सुपरिटेन्डेन्ट डा. गणेशबहादुर सिंहले गर्नुभयो ।

अस्पतालको उद्घाटन गर्दै उहाँले अस्पतालले सेवाग्राहीलाई पारदर्शी एवं निस्वार्थ भावले सेवा दिन आग्रह गर्नुभयो । साथै अस्पतालका सबै स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्यलाभ लिनआउने सेवाग्राहीप्रति राम्रो बोली व्यवहार लगायत गुणस्तरीय सेवा दिन समेत सुझाव दिनुभयो ।

प्रतिष्ठित उद्योगी ओमप्रकाश अग्रवाल अस्पताल नाफामुखीभन्दा सेवामुखी हुन आग्रह गर्नुभयो । घोडीघोडा लघु वित्त वित्तिय संस्थाका अध्यक्ष प्रभातकुमार चौधरी मानव जीवनको उत्थानका लागि स्वास्थ्य संघसंस्था खुल्नुमा खुशी व्यक्त गर्नुभयो ।

अस्पतालले गरिब, अतिविपन्न, पिछडावर्गहरुका उपचारमा १० देखि २० प्रतिशत छुटको व्यवस्था दिने पनि सचिव चौधरीले जानकारी गराउनुभयो । सञ्चालक भूपेन्द्र चौधरीको संयोजकत्वमा पाँच सदस्यीय अस्पताल सञ्चालक समिति गठन गरिएको छ ।

थारु नागरिक समाजका अध्यक्ष दीलबहादुर चौधरीले अस्पताल थारु समुदायमा मात्रै देखापरेको सिकलसेल एनिमियाबारे पनि आफ्नो सेवा सुविधा विस्तार गर्नुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा घाडीघोडा वित्तिय संस्थाका प्रवन्धक कुन्नुनारायण चौधरी, डा.मेराज आलम अन्सारी लगायतले शुभकामना मन्तब्य गरेका थिए । ओम आशा अस्पताल प्रा.लि.का सञ्चालक समिति सचिव ताराप्रसाद चौधरीले अस्पतालले समय–समयमा गाउँघरमा पनि स्वास्थ्यशिविर सञ्चालन गर्ने जानकारी गराउनुभयो ।

अस्पतालले गरिब, अतिविपन्न, पिछडावर्गहरुका उपचारमा १० देखि २० प्रतिशत छुटको व्यवस्था दिने पनि सचिव चौधरीले जानकारी गराउनुभयो । सञ्चालक भूपेन्द्र चौधरीको संयोजकत्वमा पाँच सदस्यीय अस्पताल सञ्चालक समिति गठन गरिएको छ । जसमा सचिव ताराप्रसाद चौधरी, कोषाध्यक्ष श्रीकृष्ण चौधरी छन् भने सदस्यमा बालकुमारी चौधरी र महादेव चौधरी छन् । त्यस्तै संरक्षकमा जगतराम चौधरी छन् ।

२०६० सालदेखि मेडिकल सञ्चालन गर्दैआएका सञ्चालक भूपेन्द्र चौधरीले अस्पताल सञ्चालनका लागि स्वास्थ्य मन्त्रालयबाट २०७३ फागुन १२ गते स्वीकृती प्राप्त भएको जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया