थामडाँडामा बस दुर्घटना तीनको मृत्यु, ६० घाइते


madadi1

राम दहित

बेनीः म्याग्दीको बरङ्जाबाट बेनीतर्फ आउँदै गरेको ग १ ख ५३६६ नम्बरको बस थामडाँडाँको रत्नेखोलामा  दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छछ भने ६० जनाभन्दा बढी यात्रु घाइते भएका छन् ।

तीब्र गतिमा बेनीतर्फ आइरहेको बस सडकदेखि करिव एक सय मिटर तल खसेको स्थानीय प्रत्यक्षदर्शी लिला गुरुङले   दिए । बसमा करिव ८० जना रहेका र केही व्यक्ति छतमा रहेका प्रत्यक्षदर्शी गुरुङले जानकारी दिए ।

घटनास्थल सदरमुकाम बेनीबजारदेखि करिव एक घन्टाको दुरीमा रहेको छ । सुरक्षाकर्मीको टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

स्थानीयले घाइतेलाई सडकसम्म ल्याएर राखेका छन् ।

 

तपाईको प्रतिक्रिया