टीकापुर राजबन्दी चौधरीको घरजग्गा लिलाम हुँदै, सहयोगको आग्रह


लक्की चौधरी
धनगढी, वैशाख १८ गते । थारु अधिकारका लागि आफूलाई समर्पण गरेका कैलालीका टीकापुर घटनाको दोसी आरोपमा पक्राउ परेकाहरुको अहिले विचल्ली छ ।

राजबन्दीका जग्गालाई स्थानीय बैंकले लिलामीको सूचना प्रकाशन गरेपछि राजबन्दीहरुमा विचल्ली भएको हो । उहाँहरुले सहयोगका लागि थारु समुदायसँग आग्रह अनुरोध गर्दापनि नेतृत्वपंक्ति सहयोग गरेको छैन ।

कैलाली धनगढी कारागारमा २३ जना थारु राजबन्दी छन् । त्यसमध्ये थारु कल्याणकारिणीसभा कैलालीका सभापति लाहुराम चौधरीको जग्गा लिलामको सूचना एक स्थानीय पत्रिकामा प्रकाशन भएको छ । वैशाख १० गते एक स्थानीय पत्रिकामा ३५ दिने सूचनाको लिलामी सूचना प्रकाशन भएको भन्दै चौधरीले सहयोगको पहल गरिदिन हमार पहुरा डटकमसँग आग्रह गर्नुभयो ।

धनगढीस्थित एनआइसी एसिया बैंकबाट ऋण लिई फर्निचर पसल शुरुगरेका सभापति चौधरी टीकापुर घटनापछि आरोपमा पक्राउ पर्नुभएको थियो । सोपछि उहाँको फर्निचर पसल र कारोबार डामाडोल बन्यो । पसलको भाडा तिर्न नसकी पसलका फर्निचरहरु लिलाम   गरिए । बैंकको मासिक व्याज बुझाउन उहाँले थारु अगुवासँग हारगुहार गर्दैआउनुभएको छ ।

“थारु समुदायको हक अधिकारबारे आन्दोलन गरेर हामीले के अपराध गरेका थियौं ? थरुहट थारुवान संघर्ष समितिकै आग्रहमा आन्दोलनमा होमिएका हौंं, हामीलाई जेलभित्र कोचेर संघर्ष समिति आज कहाँ सुतेको छ ?” पीडित चौधरीले आक्रोश व्यक्त गर्नुभयो ।

बैंकको नियमित व्याज र साँवा बुझाउन नसकेपछि बैंकले उहाँले धरौटी राखेको धनगढीस्थित दुईकठ्ठा जग्गामा बनेको एकतले घरसहित लिलामीको सूचना प्रकाशन गरेको पीडित चौधरीले बताउनुभयो । “हामी थारु समुदायको हकअधिकारका लागि आन्दोलन ग¥यों, हाम्रो उठीबास भएर सुकुम्बासीमा जीवन परिणत हुन थालिसक्यो, थारु नेतृत्वकर्ताहरु किन मौन ?” उहाँले प्रश्न गर्नुभयो ।

“थारु समुदायको हक अधिकारबारे आन्दोलन गरेर हामीले के अपराध गरेका थियौं ? थरुहट थारुवान संघर्ष समितिकै आग्रहमा आन्दोलनमा होमिएका हौंं, हामीलाई जेलभित्र कोचेर संघर्ष समिति आज कहाँ सुतेको छ ?” पीडित चौधरीले आक्रोश व्यक्त गर्नुभयो । कार्यकर्ताको सुरक्षा र पीडामा साथ दिन नसक्नेले आन्दोलन किन गर्नु ? जिज्ञासा गर्दै चौधरीले भन्नुभयो, “यस्तै अवस्था रह्यो भने भोलि थारुको पक्षमा कुन थारुले आवाज उठाउन हिम्मत गर्ला ?”

चौधरीकाअनुसार बैंकबाट ३० लाख ऋण लिएको भएपनि आफन्तसँग सहयोग मागेर केही रकम तिरिएको छ । बाँकी करिब १२ लाख रुपियाँ तिर्न नसक्दा बैंकले जग्गा र घर लिलामीका लागि पत्रिकामा सूचना प्रकाशन गरेको उहाँले बताउनुभयो । सो रकम निर्धारित समयभित्र तिर्न नसक्ने हो भने बैंकले घरजग्गा लिलामी गरी असुल गर्ने बताएको छ । पीडित चौधरीले देश विदेशमा रहेका सबै चेतनशील थारु अगुवाहरुसँग सहयोगको आग्रह गर्नुभएको छ ।

राजबन्दीको रिहाईमा सहयोग गर्न नसक्ने हो भने सबै राजबन्दीको समस्या लाहुराम चौधरीकै जस्तै आउने पीडितहरुको भनाई छ ।

सभापति चौधरीकै जस्तै अन्य राजबन्दीको समस्या पनि छ । राजबन्दीको रिहाईमा सहयोग गर्न नसक्ने हो भने सबै राजबन्दीको समस्या लाहुराम चौधरीकै जस्तै आउने पीडितहरुको भनाई छ । राजबन्दीका परिवारमा पनि विचल्ली छ । घरखर्चका लागि कमाउने मूल व्यक्तिहरु नै जेलभित्र थुनामा भएपछि घरका सदस्यहरु अभिभावक विहिन बनेका छन् । छोराछोरीको पठनपाठन प्रभावित भएको छ ।

टीकापुर घटनामा दोसी बनाइएकाहरुको अहिलेसम्म राज्यले छानविन गरेको छैन । आशंकाका भरमा पक्राउ परेकाहरुको छानविन गरी निर्दोषलाई रिहाई गरिने प्रतिवद्धता जनाएको प्रचण्ड नेतृत्वको सरकारले पनि केही काम गरेन । थारु कल्याणकारिणीसभाको नेतृत्वतहको निस्क्रियता र लापरवाहीले रिहाईका लागि सरकारलाई बल पुगेको छैन । टीकापुर घटनापछि थारु आन्दोलन मरेतुल्य भएपछि त झन राजबन्दी रिहाईको सम्भवना क्षिण बन्दैगएको छ ।

तपाईको प्रतिक्रिया