कुलदिप चौधरी
सुनसरी, बैशाख २२ गते । नेपाल आदिवासी जनजाती पत्रकार महासंघ फोनिज शाखा सुनसरीले दोस्रो जिल्ला अधिबेशनबाट निर्वाचित पदाधिकारि तथा सदस्यलार्इ पदस्थापना गराएको छ ।
महासंघको दोस्रो अधिवेसनबाट निर्वाचितलाई पदस्थापन गराइएको हो । पदस्थापनको काम बाँकि रहेकोले निर्वाचन अधिकृत यम प्रधानले पदस्थापन गराउनुभयो ।
महासंघको दोस्रो अधिवेसनबाट निर्वाचितलाई पदस्थापन गराइएको हो । पदस्थापनको काम बाँकि रहेकोले निर्वाचन अधिकृत यम प्रधानले पदस्थापन गराउनुभयो ।
फोनिजको केन्द्रीय उपाध्यक्ष भैरव आङ्ग्लाको प्रमुख आथित्यता, ,अध्यक्ष धिरेन्द्र चौधरी, उपाध्यक्ष बिन्री प्रधान, सचिब शीशिर राई, सहसचिब निसान प्रक्रिती, कोषाध्यक्ष सुप्रीया राई लगायत सबैलाई प्रमाणपत्र प्रदान गरिएको छ ।
कार्यक्रममा नेपाल जनजाती महासंघ सुनसरीका अध्यक्ष रामकुमार राई, थारु कानुनी ब्यबसायी सभाका केन्द्रिय अध्यक्ष रामराज चौधरी, नेता सुशीला चौधरी लेखी, आशा चौधरी, तेजनारायण चौधरी लगायतका बक्ताहरुले आफ्ना कुराहरु राख्दै निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई शुभकामना तथा कार्यकाल सफलताको शुभकामना दिनुभएको थियो । कार्यक्रम फोनिजका जिल्ला अध्यक्ष धिरेन्द्र चौधरीले समापन गर्नुभयो ।