कैलाली र कञ्चनपुर पहाडबाट अलग हुँदैनन्ः मन्त्री केसी


KC

काठमाडौँः उपप्रधान तथा सहकारी एवम् गरिबी निवारण मन्त्री चित्रबहादुर केसील सुनसरी, मोरङ, झापा, कैलाली र कञ्चनपुर पहाडबाट अलग नहुने बताएका छन् ।

केसीले मधेसलाई पहाडबाट अलग गरेर प्रदेश बनाए नेपाल नै नरहने चेतावनी समेत दिए । रिपोर्टर्स क्लब नेपालले शनिवार गरेको साक्षात्कारमा उनले भने,‘ तराई पहाड र हिमाल एक अर्कासँग निर्भर भूमि हुन । तराईलाई पहाडबाट अलग नगरी नहुने, सुनसरी, मोरङ, झापा, कैलाली कञ्चनपुर नभई नहुने कुराले समथर भु–भाग किन छुट्याउन खोजिदैछ भन्ने कुरा घाम जत्तिकै छर्लङ्ग छ के गर्न खोजेको भनेर ?’

केसीले प्रश्न गरे,‘एउटा प्रदेश पहाडबाट अलग हुँदा त त्यसैलाई आधार बनाएर दानापानी रोके भने अरु पनि अलग गरे के हुन्छ ?’

‘२०४५ सालकोे नाकाबन्दीपछि पनि चेत नखुलेका नेपाली नेताले नेपालका उद्योग धन्दा मरेको भेडाको मुल्यमा बिक्री गरे । अहिले हमी त्यसकैको दुष्परिणाम भोगिरहेका छौँ,’ केसीले भने,‘भएका कलकारखाना आर्थिक उदारिकणको नाममा मरेको भेडाको मोलमा बेचेर नेपाल आत्मनिर्भर पनि हुँदैन, यहाँ गरिबी निवारण पनि हुँदैन ।’

तपाईको प्रतिक्रिया