लोकतान्त्रिक संघले भन्यो, ‘थारुबहुल ठाउँमा थारु उम्मेदवार बनाउ’


कुलदिप चौधरी
सुनसरी, बैसाख २३ गते । नेकपा (एमाले) समर्थित सुनसरीको सदरमुकाम इनरुवामा नेपाल लोकतान्त्रिक थारु संघ सुनसरीले एक दिवसीय प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

स्थानीय नेता शंकरलाल चौधरीको अध्यक्षता तथा एमाले केन्द्रीय कमिटिका वैकल्पिक सदस्य तथा संघका केन्द्रीय कमिटि उपाध्यक्ष भगवति चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

थारुहरुको वाहुल्य क्षेत्रहरुमा थारुहरुको संख्याअनुसार थारुलाई नै उम्मेदवार वनाउन कार्यक्रमले जोड दिएको छ । त्यसोगर्दा सवैको हितहुने विचार वक्ताहरुले राख्नुभयो ।

थारुहरुको वाहुल्य क्षेत्रहरुमा थारुहरुको संख्याअनुसार थारुलाई नै उम्मेदवार वनाउन कार्यक्रमले जोड दिएको छ । त्यसोगर्दा सवैको हितहुने विचार वक्ताहरुले राख्नुभयो ।

विस वर्षपछि हुन गइरहेको स्थानीय चुनावमा अखण्डता र स्वभिमानलाई वचाई सवै जातजातिलाई हितहुने काम गर्न आवश्यक रहेको संघको बुझाई छ । त्यसैगरी कार्यक्रममा केन्द्रीय उपाध्यक्ष भगवती चौधरी, सल्लाहकार भद्रनारायण चौधरी, हेमनारायण चौधरीलगायत विभिन्न वक्ताहरुले थारु वाहुल्य क्षेत्र, रामधुनि नगरपालिका, ईटहरी उपनगरपालिका, वर्जु गाउपालिका, गढिमाय गाउँपालिका लगायत क्षेत्रमा थारुहरुको वाक्लो वस्ति रहेकोले थारु नै उम्मेदवार बन्नुपर्ने माग वक्ताहरुको छ ।

नेकपा एमाले जिल्ला कमिटिका अध्यक्ष द्वाारिकलाल चौधरीले धार्मिक र जातिय वाहुल्यताको आधारमा समावेशि हुनुपर्ने संविधानमा लेखिएकाले सोहीअनुसार गर्न माग गर्नुभयो ।

तपाईको प्रतिक्रिया