नेपालगञ्जको प्रचण्ड गर्मीमा थारु मयुर नाचले शितलता थप्यो


भगतराम थारु
नेपालगञ्ज, वैशाख २३ गते । सोसल इनोभेसन एण्ड विजनेश इन्क्सूवेसन हवको शाखा कार्यालय नेपालगञ्जमा उद्घाटन गरिएको छ । कार्यक्रममा थारु समुदायको मयुरनाचले स्वागत गरेको थियो ।

कार्यक्रम थारु मयुरनाचको प्रस्तुतीले सहभागि सम्पुर्णलाई मनोरञ्जन प्रदान गरिएको थियो । नेपालको सवैभन्दा गर्मी हुने ठाउँकोरुपमा रहेको नेपालगन्जको प्रचण्ड गर्मीमा थारु नाचले सहभागिहरुलाई सिचोपना थपेको थियो ।

बा“केको गाभर भ्याली होमस्टेका संचालक कृष्ण चौधरीको संयोजनमा आएको थारु नाचले सहभागिमा उत्साह थपेको थियो । थारु समुदायको नाचले यस्ताखालका कार्यक्रमलाई रौनक थप्ने गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले आफ्नो देश, समाज परिवर्तन गर्नकालागि आफुले केही काम गरेर देखाउनुपर्ने बताउनुभयो । कप्तान खडकाले आफु सक्षम वन्नकालागि आफैले राम्रो वातावरण सृजना गर्नुपर्ने बताउनुभयो ।

त्यस्तै चर्चित बैंकर अनिल शाहले समाजमा केही ब्यक्तिले गरेका राम्रा कामलाई सबैले पछ्याउनुपर्ने बताउनुभयो । उहाँले समाज परिबर्तनका लागि आफैबाट शूरु गर्नुपर्ने बताउँदै सबैको प्रयासले देश उज्यालोतर्फ जाने चर्चा गर्नुभयो ।

देश विभिन्न आपतविपतमा परेकोबेला स्वस्फूर्तरुपमा स्वयमसेवकहरु उत्पादन गर्ने उद्देश्यकासाथ नेपालगञ्ज क्षेत्रमा शाखा स्थापना गरिएको शाखा प्रमुख सचिन तिमिल्सीनाले बताउनुभयो । २०७२ सालको भूकम्पमा स्वयमसेवक रुपमा काम गरेबापत सोसल इनोभेसन एण्ड विजनेश इन्क्सूबेसन हवलाई सरकारले उत्कृष्ट भोलुन्टेयर अवार्ड प्रदान गरेको थियो ।

२०२० सम्म नेपालमा १ लाख स्वस्यमसेवक उत्पादन गर्ने लक्ष्य लिएको संस्थाले जनाएको छ । त्यस्तै सो संस्थाले उद्घाटनकै दिन पारी नेपालगञ्ज क्षेत्रका विभिन्न विद्यालयका अति विपन्न, मुस्लिम तथा मुक्त कम्लरी गरी ५० विद्यार्थीलाई छात्रबृत्ति प्रदान गरेको छ ।

तपाईको प्रतिक्रिया