प्रधानमन्त्री ओलीको यस्तो भयो भाइटीका


काठमाडौँः यस पटकको तिहारमा हिन्दुहरुले चेलीबेटीका हातबाट सप्तरङगी टिका लगाएर मनाए । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना दुई दिदी–बहिनीका हातबाट प्रधानमन्त्री निवास बालुबाटमै भाइटीका लगाएका छन् ।

ओलीकी  दिदी विष्णुमाया सिवाकोटी र वहिनी विष्णुमाया ढकालले ओलीलाई बालुबाटार पुगेर टिका लगाएर आशीर्वाद दिए ।टिका ग्रहणपछि ओलीले भाइटीका पर्व, दिदीभाइ र दाजुबहिनीको आत्मियता प्रकट गर्ने माध्यम भएको भन्दै  सबै दिदीभाइ र दाजुबहिनीहरुलाई शुभकामना व्यक्त गरे ।

बालुवाटार पुगेका सञ्चारकर्मीसँग केही बेर रमाईलो गरेका प्रधानमन्त्री ओलीले सेलरोटी, मिठाई जस्ता परिकार खुवाएका थिए । ओलीको साथमा उनकी पत्नी राधा पनि थिइन् ।प्रधानमन्त्री ओलीले पारस्परिक शुभकामना, हार्दिकता, सम्मान र स्नेहमा बाँधिएको हाम्रो नेपाली समाजले संयुक्त परिवार प्रणालीको विकास गरेको र सबै जातजाती र भाषाभाषीलाई एकसूत्रमा बाँधेको उल्लेख गरे ।

ओलीले टिका भारतीय नाकाबन्दीको प्रसङ्ग जोड्न भ्याए । ‘नेपालीहरुले अहिलेको अप्ठेरो अवस्थामा पनि यो पर्व मनाएका छन्,’  उनले भने, ‘फूलको सुन्दरता र रमणीय मौसमको यो पर्वका अवसरमा म शुभकामना व्यक्त गर्दछु ।’

madadi1 KC

OLYMPUS DIGITAL CAMERA
OLYMPUS DIGITAL CAMERA

तपाईको प्रतिक्रिया