चारवटै महानगरपालिका प्रमुखमा एमाले जित्दैछः नेता पोखरेल


लक्की चौधरी
काठमाडौं, वैशाख २८ गते । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री शंकर पोखरेलले ३१ गते हुने पहिलोचरणको स्थानीय तह निर्वाचनमा एमालेले मुलुकको चारवटै महानगरपालिका प्रमुखमा सानदार विजय हातपार्ने दावी गर्नुभएको छ ।

एमालेको नियमित पत्रकार सम्मेलनमा विहिबार यहाँ बोल्दै नेता पोखरेलले त्यस्तो दावी गर्नुभयो । “यो निर्वाचन ०७० को संविधानसभा निर्वाचन होइन, ०७४ सालको स्थानीय तहको निर्वाचन हो, अहिले एमालेकै पक्षमा देशव्यापी जनलहर छ, चारवटै महानगरपालिकामा हामी सानदार विजयी हुँदैछौ” उहाँले भन्नुभयो ।

एमाले प्रतिपक्षमै रहेर स्थानीय र प्रदेश निर्वाचनमा भिड्न तयार रहेको भन्दै नेता पोखरेलले भन्नुभयो, “पहिलो निर्वाचनमा स्थानीय तहको सत्ता हाम्रो पकडमा आउँछ, दोस्रोचरणमा प्रदेशको सत्ता र तेस्रोमा केन्द्रीय सत्ताको नेतृत्व एमालेले गर्छ ।”

“अहिलेसम्मको पार्टीको पछिल्लो मूल्याङ्कन हेर्दा हामी सबै ठाउँमा अगाडि छौं” भन्दै नेता पोखरेलले स्थानीय तह निर्वाचनको समग्र परिणाममा एमाले एक्लै ६० प्रतिशतबढी सिटमा विजयी हात पार्ने दावी गर्नुभयो । नयाँ संविधानको कार्यान्वयन, राष्ट्रिय अखण्डता, सार्वभौमिकताका लागि एमालेको जित अनिवार्य रहेको भन्दै उहाँले मतदाताले सो कुरा राम्रोसँग बुझेको बताउनुभयो ।

एक अर्को प्रसंगमा नेता पोखरेलले सत्ताको नेतृत्व गर्ने दलले आचारसंहिताको उल्लंघन गरी सत्ताको दुरुपयोग गरिरहेको आरोप लगाउनु  भयो । “एमाले कार्यकर्तामाथि विभिन्न ठाउँमा भइरहेको सत्तापक्षी दलको आक्रमण पराजित मानसिकताको उपज हो” उहाँले भन्नुभयो । सरकार मुठभेद चाहेको भन्दै उहाँले अनुचित क्रियाकलापको एमालेले डटेर प्रतिकार गर्ने बताउनुभयो ।

“यो निर्वाचन राष्ट्रियता, संविधान कार्यान्वयन र मुलुकको सार्वभौमसत्ताकालागि एक किसिमको जनमतसंग्रह हो” भन्दै नेता पोखरेलले मतदातालाई सोहीअनुसार एमालेलाई मतदान गर्न आग्रह गर्नुभयो । मुलुकको आर्थिक समृद्धि गर्ने योजना कुनै दलसँग नरहेकाले पनि एमालेप्रति मतदाताको आकर्षण बढेको उहाँको भनाई छ । निर्वाचनले स्थानीय तहको अधिकारलाई सुनिश्चित गर्न गइरहेकाले मतदातालाई निर्वाचनमा भाग लिन आग्रह गर्नुभयो ।

एमाले प्रतिपक्षमै रहेर स्थानीय र प्रदेश निर्वाचनमा भिड्न तयार रहेको भन्दै नेता पोखरेलले भन्नुभयो, “पहिलो निर्वाचनमा स्थानीय तहको सत्ता हाम्रो पकडमा आउँछ, दोस्रोचरणमा प्रदेशको सत्ता र तेस्रोमा केन्द्रीय सत्ताको नेतृत्व एमालेले गर्छ ।” एमाले तत्काल सत्ताकालागि मरिहत्ते नगर्ने उहाँले बताउनुभयो ।

सत्तापक्षी दलका नेताले एमाले–राप्रपा गठबन्धनलाई अपवित्र र प्रतिगामी गठबन्धनको आरोप लगाएको छ नि भन्ने पत्रकारको जिज्ञासामा नेता पोखरेलले भन्नुभयो, “सत्तामा कांग्रेस र माओवादी दुवैले राप्रपालाई साथै लिएर सरकार बनाउन हुने, एमालेले निर्वाचनमा गठबन्धन गर्दा प्रतिगामी हुने ?”

सत्तापक्षी दलका नेताले एमाले–राप्रपा गठबन्धनलाई अपवित्र र प्रतिगामी गठबन्धनको आरोप लगाएको छ नि भन्ने पत्रकारको जिज्ञासामा नेता पोखरेलले भन्नुभयो, “सत्तामा कांग्रेस र माओवादी दुवैले राप्रपालाई साथै लिएर सरकार बनाउन हुने, एमालेले निर्वाचनमा गठबन्धन गर्दा प्रतिगामी हुने ?” प्रतिपक्षीको विरुद्धमा सत्तापक्ष गठबन्धन गरेको विश्वमा विरलै उदाहरण रहेको उहाँले तर्क गर्नुभयो ।

सो अवसरमा एमाले प्रचार विभागका उपप्रमुख सूर्य थापाले सामाजिक सञ्जालमा एमालेको विरुद्धमा विभिन्न छ्दम प्रचार भइरहेकाले हनुमानढोकामा साइबरक्राइमको उजुरी दर्ता गरिएको जानकारी दिनुभयो । माओवादी निकट ‘लजिकल युथ’ नामक समूहले नियोजितरुपमा एमालेविरुद्ध लागेको उहाँको आरोप छ ।

जेठ २२ गतेबाट शुरुभएको चुनावी गतिविधिसम्बन्धी पत्रकार सम्मेलनको सातौं श्रृङ्खला विहिबार सकिएको छ । अर्को श्रृङ्खला दोस्रो तहको निर्वाचन अघि शुरुगर्ने उपप्रमुख थापाले बताउनुभयो । सात दिनसम्म पत्रकार सम्मेलनमा एमालेका नेताहरु सुवासचन्द्र नेम्वाङ, ईश्वर पोखरेल, बामदेव गौतम, माधवकुमार नेपाल, झलनाथ खनाल, प्रदीप ज्ञवाली र शंकर पोखरेलले सहभागिता जनाउनुभयो ।

तपाईको प्रतिक्रिया