थारु कानून व्यवसायीसभा गठन, थारुलाई कानूनी परामर्श दिइने


कुलदिप चौधरी
सुनसरी, बैशाख २९ गते । मोरङ्गको विराटनगरमा मधुसुदन चौधरीको अध्यक्षतामा थारु कानून व्यवसायी सभा गठन भएको छ । थारु कल्याणकारिणि सभाको भातृ संगठनकोरुपमा थारु कानूनी व्यवसायीसभा पहिलो पटक मोरङ्गमा गठन भएको हो ।

विराटनगरमा आयोजित कार्यक्रममा था.क.स.का जिल्ला अध्यक्ष प्रदिप चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा  ११ सदस्य रहनेगरि समिति गठन गरिएको छ । त्यसको उपाध्यक्षमा सुधिरकुमार विश्वास, सचिवमा प्रदिपराज चौधरी र कोषाध्यक्षमा चेतनारायण चौचरी सर्वसम्मत हुनुभयो ।

था.क.स.का केन्द्रिय सल्लाहकार समेत रहेका चौधरिले समुदायमा रहेका निमुखा सोझा पीडित ब्याक्तिहरुलाई कानुनी साक्षरता कार्यक्रम आयोजना गर्ने बताउनुभयो ।

त्यस्तै, सदस्यमा मनोजकुमार थानदार, नरनारायण विश्वास, किशोरकुमार माझि, रविन्द्र चौधरी, भक्तिनाथ माझि र राजनारायण चौधरी रहेका छन् । कार्यक्रमका प्रमुख थारु कानुनि ब्यवसायी सभाका केन्द्रिय अध्यक्ष तथा कानून व्यवसायी रामराज चौधरीले अवका दिनमा थारु समुदायमा रहेका अन्याय अत्याचार, हिंसामा परेका व्यक्तिहरुको न्यायिक सहयोग उपलब्ध हुने बताउनुभयो ।

था.क.स.का केन्द्रिय सल्लाहकार समेत रहेका चौधरिले समुदायमा रहेका निमुखा सोझा पीडित ब्याक्तिहरुलाई कानुनी साक्षरता कार्यक्रम आयोजना गर्ने बताउनुभयो । थारु कानुन ब्यवसायिहरुलाई न्यायपालिकासम्म पहुँच पुर्याउने लक्ष्य संस्थाले राखेको बताउनुभयो ।

यसैगरि नवगठित कार्य समितिलाई कार्यकालको शुभकामना दिदै कार्यक्रममा उपस्थित अचल चौधरी, प्रशुराम चौधरी, तिलक चौधरी, विरेन माझि र भक्ति माझि लगायतका वक्ताहरुले आफना धारणा राख्नुभएको थियो ।

तपाईको प्रतिक्रिया